जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
<p>काठमाडाैं। कन्चनपुरको कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने २४ वर्षीय अनिल राना जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्।</p>
<p>१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा उनी पक्राउ परेका हुन्। रानाले ती किशोरीलाई जर्बजस्ती करणी गरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।</p>
<p>उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
