बुबाको हत्यामा संलग्न अभियोगमा छोरा पक्राउ
<p>काठमाडौं। बुबाको हत्या अभियोगमा झापा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। झापा प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राकेश थापाले २५ वर्षीय सुनिल टुडुलाई मङ्गलबार बिहान पक्राउ गरिएको बताए।</p>
<p>सुनिलले सोमबार राति बाँसको भाटाले ७० वर्षीय बुबा साइला टुडुलाई हानेका थिए। त्यसपछि गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको थियो।</p>
<p>उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा मङ्गलबार नै दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
