तीन जना मृत फेला
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-४ को मनोहरा खोलामा एक जना पुरुष मृत फेला परेका छन्।
मृत फेला परेका पुरुष ४० वर्षीय श्याम भुजेल रहेको प्रहरीले जनाएको छ।

उनी काठमाडौंकै शंखरापुर नगरपालिका-५ इँटाखेलका हुन्। यस्तै कास्कीको पोखरा महानगरपालिका-७ वाईचोक छेउमा पहिचान नखुलेका एक जना पुरुष मङ्गलबार नै मृत फेला परेका छन्।

प्रहरीका अनुसार मृत फेला परेका पुरुष अन्दाजी ५० वर्षीय हो। प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ।

यसैबीच, ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ बलखु बस्ने १६ वर्षीया एल्जिना राई ओछ्यानमा सुतेको अवस्थामा मंगलबार मृत फेला परेकी छिन्।

प्रतिक्रिया दिनुहोस्