धारिलो हतियार देखाएर त्रसित बनाउने ३ जना पक्राउ
काठमाडौं। सुनसरीको धरान उपमाहानगरपालिका-१५ बगरकोटस्थित सेउती खोलाको पुल नजिकबाट धारिलो हतियार लिएर त्रास फैलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

खुकुरी र छुरी लगायतका धारिलो हतियार लिएर त्रास फैलाउको अभियोगमा प्रहरीले सोही ठाउँका २९ वर्षीय सुजन राई, १९ वर्षीय सुसन राई र २३ वर्षीय  मनिश भुजेललाई पक्राउ गरेको हो।

उनीहरूले सोही उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय रोशन विश्वकर्मालाई खुकुरी र चक्कु देखाई कुटपिट गरेको पनि प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार त्यसपछि उनीहरू खुकुरी र चक्कु बोकी सार्वजनिक स्थलमा स्थानीयलाई त्रसित तुल्याइरहेको अवस्थमा पक्राउ परेका हुन्।

उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्