लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं। मकवानपुरको मकवानपुरगढी गाउँपालिका-४ सामरीपुलबाट ११ किलो अवैध लागूऔषध गाँजासहित सोही गाउँपालिका-४ बस्ने ६८ वर्षीय विष्णुलाल रुम्बा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले घर तलासी गर्दा बोरा र प्लाष्टिकको झोलामा लुकाइ राखेको अवस्थामा गाँजा फेला परेपछि रूम्बालाई पक्राउ गरेको हो।

रूम्बाले घरमा गाँजा लुकाइछिपाइ राखेको छ भन्ने सूचनाको आधारमा प्रहरी टोली गएको जनाएको छ।

यस्तै, पर्साको पटेर्वासुगौली गाउँपालिका-५ मनिअर्वाबाट आठ किलो ६ सय ग्राम अवैध लागूऔषध चरेश र एक किलो अवैध लागूऔषध गाँजाको धुलोसहित दुई जनालाई मङ्गलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा देउरीया बस्ने ४५ वर्षीय रामचन्द्र राय र सोही ठाउँ बस्ने ४७ वर्षीय जनाद्र्धन ओझैया रहेका छन्।

मनिअर्वाबाट मसिहानीतर्फ जाँदै गरेको उनीहरू सवार बीआर २२ ए-जी ७३७७ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्