कर्णालीमा ९ जना फरार अभियुक्त पक्राउ

सुर्खेत। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा ९ फरार अभियुक्त पक्राउ गरिएको छ।

सुर्खेत प्रहरीले लिखित बेइज्जती मुद्दाका एक र कालीकोट प्रहरीले चौपाया चोरी मुद्दाका एकजनालाई गरेकाे छ।

त्यस्तै सल्यान प्रहरीकाे सहयोगमा जबर्जस्ती करणी र लुटपिट मुद्दाका एक/एक र हातहतियार खरखजाना मुद्दाका दुईजनालाई पक्राउ गरी सम्बन्धित अदालतमा बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय मुगुले अभद्र व्यवहार मुद्दाका दुईजनालाई पक्राउ गरी अदालतमा बुझाएको छ।

यो अभियान निरन्तर अघि बढिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्