काठमाडौं। पूर्वी एशियाको एउटा देश, जहाँ के भइरहेको छ भन्नेबारे कसैलाई थाहा हुँदैन। त्यो देश यति गुपचुप छ कि, त्यहाँ विश्व महामारी बनेको कोरोनाको असर कति छ भन्ने पनि दुनियाँलाई पत्तो हुँदैन। कहिलेकाहीँ त्यस मुलुकका सम्बन्धमा केही सूचना सार्वजनिक हुन्छन्, तर अधिकांश कुरा अनुमान लगाइन्छ।
उत्तर कोरियामाथि अहिले पुनः कतिपयले नयाँ अनुमान गर्न थालेका छन्। त्यहाँका नेता किम जोङ उन के साँच्चै कोमामा छन् ? कि उनी अब यो दुनियाँमै छैनन् ? यी दुई पेचिला प्रश्नको उत्तर वर्तमानमा अनुमानका भरमा खोजिँदैछ।
हरबखत सैनिक पहरामा रहने किम सन्की स्वभावका छन् भन्ने कुरा अब नयाँ रहेन। उनी ‘चेन स्मोकर’ हुन्। सोही कारण उनको स्वास्थ्य अवस्था ठीक नरहेको अनुमान गर्न आधार मिलेको छ।
उनी कोमामा गएको खबर यतिखेर फैलियो जतिखेर उत्तर कोरियाले सरकारी वेबसाइटमा धुमपानका विषयमा नयाँ आदेश जारी गर्‍यो। किमले आफ्ना नागरिकलाई धुमपान त्याग्न सल्लाह दिए।
किमको स्वास्थ्य अवस्था खराब भएकै कारण उनले सत्ता सञ्चालनको कतिपय जिम्मा केही दिनअघि आफ्नी बहिनी किम यो जोङलाई दिए। अर्को अनुमान पनि यतिखेर गरिँदैछ, किमकी बहिनी दाजुभन्दा पनि बढी क्रूर र तानाशाह हुन सक्छिन्।
यकिन के गर्न सकिँदैन भने, किम उन कतिसम्म क्रूर थिए र उनकी बहिनी कसरी थप क्रूर बन्न सक्छिन्। उनले कुन ढंगमा शासन सञ्चालन गर्लिन् भन्ने कुरा अहिले नै ठोकुवा गर्न सकिन्न। तर, अमेरिकी गुप्तचर संस्थाका कतिपय अधिकारीहरूका अनुसार भने बहिनी झनै तानाशाह हुने छिन्।
तानाशाहका उत्तराधिकारीहरू अधिकांश थप क्रूर हुने उदाहरण विश्वका राजनीतिक इतिहासले देखाउँछ। यसकारण पनि किमकी बहिनीका बारेमा यस्तो अनुमान गरिएको हो।
उत्तर कोरियामाथि अध्ययन-अनुसन्धान गरिरहेका विश्लेषकहरू किमकी बहिनी निकै महत्वाकांक्षी छिन्। उनी स्मार्ट पनि छिन्। दाजुले शासन गरेको उनले प्रत्यक्ष देखेकी छन्। त्यसकारण पनि उनी थप निरंकुश हुन सक्ने विश्लेषण हुने गर्छ।
किम उनका विषयमा थुप्रै अड्कलबाजी हुँदै आएको छ। उनका आदत र शासन शैली पनि उत्तिकै आलोचित छन्। दुनियाँको सबैभन्दा बढी निरंकुशको विशेषण पाएका उनको निधन भइसकेको अनुमान समेत गर्न थालिएको छ।
३६ वर्षीय किम २०११ देखि उत्तर कोरियाको सुप्रिम लिडर पदमा छन्। उनको शासनकालमा उत्तर कोरिया थप गोप्य देश बन्न पुगको छ। देशमा के भइरहेको छ भन्नेबारे त्यहीँका नागरिकलाई समेत थाहा हुँदैन।
दक्षिण कोरियाली राजनीतिज्ञ र अन्य विश्लेषकहरू पनि किम कोमामा रहेको बताउँछन्। उनीहरुले गर्ने पनि अनुमान नै हो। उत्तर कोरियामा रहेर लामो समय पत्रकारिता गरेका रोय क्याली भन्छन्, ‘‘मलाई लाग्छ, किमको मृत्यु भइसकेको छ, तर त्यो यस्तो देश हो जसको बारेमा केही भन्नै सकिँदैन।’’
पछिल्लो समय किमले चीनसँग मित्रताको हात बढाएको देखिएको थियो। उनी केही पटक रेल चढेर चीन पुगेको समाचार आएको थियो।
त्यसबाहेक किम कुनै पनि देश वा कतै गएको खबर आएको छैन। ‘के पाक्दैछ उत्तर कोरियामा?’ यसको उत्तर अहिलेसम्म पनि अनुमानकै भरमा दिइँदै आएको छ।
(एजेन्सीहरुको सहयोगमा)
" /> काठमाडौं। पूर्वी एशियाको एउटा देश, जहाँ के भइरहेको छ भन्नेबारे कसैलाई थाहा हुँदैन। त्यो देश यति गुपचुप छ कि, त्यहाँ विश्व महामारी बनेको कोरोनाको असर कति छ भन्ने पनि दुनियाँलाई पत्तो हुँदैन। कहिलेकाहीँ त्यस मुलुकका सम्बन्धमा केही सूचना सार्वजनिक हुन्छन्, तर अधिकांश कुरा अनुमान लगाइन्छ।
उत्तर कोरियामाथि अहिले पुनः कतिपयले नयाँ अनुमान गर्न थालेका छन्। त्यहाँका नेता किम जोङ उन के साँच्चै कोमामा छन् ? कि उनी अब यो दुनियाँमै छैनन् ? यी दुई पेचिला प्रश्नको उत्तर वर्तमानमा अनुमानका भरमा खोजिँदैछ।
हरबखत सैनिक पहरामा रहने किम सन्की स्वभावका छन् भन्ने कुरा अब नयाँ रहेन। उनी ‘चेन स्मोकर’ हुन्। सोही कारण उनको स्वास्थ्य अवस्था ठीक नरहेको अनुमान गर्न आधार मिलेको छ।
उनी कोमामा गएको खबर यतिखेर फैलियो जतिखेर उत्तर कोरियाले सरकारी वेबसाइटमा धुमपानका विषयमा नयाँ आदेश जारी गर्‍यो। किमले आफ्ना नागरिकलाई धुमपान त्याग्न सल्लाह दिए।
किमको स्वास्थ्य अवस्था खराब भएकै कारण उनले सत्ता सञ्चालनको कतिपय जिम्मा केही दिनअघि आफ्नी बहिनी किम यो जोङलाई दिए। अर्को अनुमान पनि यतिखेर गरिँदैछ, किमकी बहिनी दाजुभन्दा पनि बढी क्रूर र तानाशाह हुन सक्छिन्।
यकिन के गर्न सकिँदैन भने, किम उन कतिसम्म क्रूर थिए र उनकी बहिनी कसरी थप क्रूर बन्न सक्छिन्। उनले कुन ढंगमा शासन सञ्चालन गर्लिन् भन्ने कुरा अहिले नै ठोकुवा गर्न सकिन्न। तर, अमेरिकी गुप्तचर संस्थाका कतिपय अधिकारीहरूका अनुसार भने बहिनी झनै तानाशाह हुने छिन्।
तानाशाहका उत्तराधिकारीहरू अधिकांश थप क्रूर हुने उदाहरण विश्वका राजनीतिक इतिहासले देखाउँछ। यसकारण पनि किमकी बहिनीका बारेमा यस्तो अनुमान गरिएको हो।
उत्तर कोरियामाथि अध्ययन-अनुसन्धान गरिरहेका विश्लेषकहरू किमकी बहिनी निकै महत्वाकांक्षी छिन्। उनी स्मार्ट पनि छिन्। दाजुले शासन गरेको उनले प्रत्यक्ष देखेकी छन्। त्यसकारण पनि उनी थप निरंकुश हुन सक्ने विश्लेषण हुने गर्छ।
किम उनका विषयमा थुप्रै अड्कलबाजी हुँदै आएको छ। उनका आदत र शासन शैली पनि उत्तिकै आलोचित छन्। दुनियाँको सबैभन्दा बढी निरंकुशको विशेषण पाएका उनको निधन भइसकेको अनुमान समेत गर्न थालिएको छ।
३६ वर्षीय किम २०११ देखि उत्तर कोरियाको सुप्रिम लिडर पदमा छन्। उनको शासनकालमा उत्तर कोरिया थप गोप्य देश बन्न पुगको छ। देशमा के भइरहेको छ भन्नेबारे त्यहीँका नागरिकलाई समेत थाहा हुँदैन।
दक्षिण कोरियाली राजनीतिज्ञ र अन्य विश्लेषकहरू पनि किम कोमामा रहेको बताउँछन्। उनीहरुले गर्ने पनि अनुमान नै हो। उत्तर कोरियामा रहेर लामो समय पत्रकारिता गरेका रोय क्याली भन्छन्, ‘‘मलाई लाग्छ, किमको मृत्यु भइसकेको छ, तर त्यो यस्तो देश हो जसको बारेमा केही भन्नै सकिँदैन।’’
पछिल्लो समय किमले चीनसँग मित्रताको हात बढाएको देखिएको थियो। उनी केही पटक रेल चढेर चीन पुगेको समाचार आएको थियो।
त्यसबाहेक किम कुनै पनि देश वा कतै गएको खबर आएको छैन। ‘के पाक्दैछ उत्तर कोरियामा?’ यसको उत्तर अहिलेसम्म पनि अनुमानकै भरमा दिइँदै आएको छ।
(एजेन्सीहरुको सहयोगमा)
"> के पाक्दैछ उत्तर कोरियामा ?: Dekhapadhi
के पाक्दैछ उत्तर कोरियामा ?
काठमाडौं। पूर्वी एशियाको एउटा देश, जहाँ के भइरहेको छ भन्नेबारे कसैलाई थाहा हुँदैन। त्यो देश यति गुपचुप छ कि, त्यहाँ विश्व महामारी बनेको कोरोनाको असर कति छ भन्ने पनि दुनियाँलाई पत्तो हुँदैन। कहिलेकाहीँ त्यस मुलुकका सम्बन्धमा केही सूचना सार्वजनिक हुन्छन्, तर अधिकांश कुरा अनुमान लगाइन्छ।
उत्तर कोरियामाथि अहिले पुनः कतिपयले नयाँ अनुमान गर्न थालेका छन्। त्यहाँका नेता किम जोङ उन के साँच्चै कोमामा छन् ? कि उनी अब यो दुनियाँमै छैनन् ? यी दुई पेचिला प्रश्नको उत्तर वर्तमानमा अनुमानका भरमा खोजिँदैछ।
हरबखत सैनिक पहरामा रहने किम सन्की स्वभावका छन् भन्ने कुरा अब नयाँ रहेन। उनी ‘चेन स्मोकर’ हुन्। सोही कारण उनको स्वास्थ्य अवस्था ठीक नरहेको अनुमान गर्न आधार मिलेको छ।
किमको स्वास्थ्य अवस्था खराब भएकै कारण उनले सत्ता सञ्चालनको कतिपय जिम्मा केही दिनअघि आफ्नी बहिनी किम यो जोङलाई दिए। अर्को अनुमान पनि यतिखेर गरिँदैछ, किमकी बहिनी दाजुभन्दा पनि बढी क्रूर र तानाशाह हुन सक्छिन्।
यकिन के गर्न सकिँदैन भने, किम उन कतिसम्म क्रूर थिए र उनकी बहिनी कसरी थप क्रूर बन्न सक्छिन्। उनले कुन ढंगमा शासन सञ्चालन गर्लिन् भन्ने कुरा अहिले नै ठोकुवा गर्न सकिन्न। तर, अमेरिकी गुप्तचर संस्थाका कतिपय अधिकारीहरूका अनुसार भने बहिनी झनै तानाशाह हुने छिन्।
तानाशाहका उत्तराधिकारीहरू अधिकांश थप क्रूर हुने उदाहरण विश्वका राजनीतिक इतिहासले देखाउँछ। यसकारण पनि किमकी बहिनीका बारेमा यस्तो अनुमान गरिएको हो।
उत्तर कोरियामाथि अध्ययन-अनुसन्धान गरिरहेका विश्लेषकहरू किमकी बहिनी निकै महत्वाकांक्षी छिन्। उनी स्मार्ट पनि छिन्। दाजुले शासन गरेको उनले प्रत्यक्ष देखेकी छन्। त्यसकारण पनि उनी थप निरंकुश हुन सक्ने विश्लेषण हुने गर्छ।
किम उनका विषयमा थुप्रै अड्कलबाजी हुँदै आएको छ। उनका आदत र शासन शैली पनि उत्तिकै आलोचित छन्। दुनियाँको सबैभन्दा बढी निरंकुशको विशेषण पाएका उनको निधन भइसकेको अनुमान समेत गर्न थालिएको छ।
३६ वर्षीय किम २०११ देखि उत्तर कोरियाको सुप्रिम लिडर पदमा छन्। उनको शासनकालमा उत्तर कोरिया थप गोप्य देश बन्न पुगको छ। देशमा के भइरहेको छ भन्नेबारे त्यहीँका नागरिकलाई समेत थाहा हुँदैन।
दक्षिण कोरियाली राजनीतिज्ञ र अन्य विश्लेषकहरू पनि किम कोमामा रहेको बताउँछन्। उनीहरुले गर्ने पनि अनुमान नै हो। उत्तर कोरियामा रहेर लामो समय पत्रकारिता गरेका रोय क्याली भन्छन्, ‘‘मलाई लाग्छ, किमको मृत्यु भइसकेको छ, तर त्यो यस्तो देश हो जसको बारेमा केही भन्नै सकिँदैन।’’
पछिल्लो समय किमले चीनसँग मित्रताको हात बढाएको देखिएको थियो। उनी केही पटक रेल चढेर चीन पुगेको समाचार आएको थियो।
त्यसबाहेक किम कुनै पनि देश वा कतै गएको खबर आएको छैन। ‘के पाक्दैछ उत्तर कोरियामा?’ यसको उत्तर अहिलेसम्म पनि अनुमानकै भरमा दिइँदै आएको छ।
(एजेन्सीहरुको सहयोगमा)
प्रतिक्रिया दिनुहोस्