काठमाडौं। बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेसन तयार गर्ने भएको छ। नगर प्रमुख उद्धवप्रसाद खरेलको अध्यक्षतामा हिजो बसेको ५५औँ कार्यपलिकाको बैठकले नगरपालिका क्षेत्रभित्र कोभिड-१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी आइसोलेसन तयार गर्ने निर्णय गरेको हो।
बैठकले बूढानीलकण्ठ–१०, डिठ्ठा चौरमा निर्माणाधीन क्वारेन्टाइनलाई आइसोलेसन बनाउने निर्णय गरेको छ। त्यस्तै वडा नं २ स्थित बिएमसीएमा पनि आइसोलेसन बनाइने भएको १० नं का वडाध्यक्ष नवराज भट्टराईले बताए। आइसोलेसन निर्माण तथा व्यवस्थापनका लागि नगर उपप्रमुख रमादेवी राईको नेतृत्वमा एक समिति निर्माण गरिने छ।
बैठकले होम आइसोलेसन व्यवस्थित गर्न वडाध्यक्ष वा निजले तोकेको वडासदस्यीय एक सङ्क्रमित बराबर एक व्यवस्थापन समिति निर्माण गर्न लागेको छ। उक्त समितिका अन्य सदस्यमा एक स्वास्थ्यकर्मी र एक सङ्क्रमितको सहयोगीका रूपमा स्थानीयवासीलाई समेत राखिने भएको छ। आइसोलेसन सहयोगी सङ्क्रमितको आवश्यकता र सरसल्लाहमा तोकिने जनाइएको छ।
होम आइसोलेससनमा रहने सङ्क्रमितलाई नगरपालिकाले पोषण सुरक्षावापत चार हजार उपलब्ध गराउनाका साथै एकभन्दा बढी सङ्क्रमित रहेको परिवारलाई पोषण सुरक्षावापत ६ हजार एकमुष्ट प्रदान गरिने बताइएको छ। यस्तै सङ्क्रमितको सहयोगीलाई प्रोत्साहनस्वरूप प्रतिपरिवार दुई हजार दिइने निर्णयसमेत भएको छ।
बैठकले प्रत्येक वडामा यसअघि सञ्चालनमा आएको क्वारेन्टाइन व्यवस्थित रूपमा सञ्चालन गर्ने र क्वारेन्टाइनस्थल छनोट गरी तत्काल सञ्चालनमा ल्याइने निर्णय गरेको नगरपालिकाका प्रवक्ता भट्टराईले बताए। साथै कोभिडको कारणले गर्नुपरेको बन्दाबन्दी तथा निषेधाज्ञाका समयमा सुरक्षाकर्मीको भूमिकालाई ध्यानमा राखी नगरपालिका क्षेत्रभित्र खटिने प्रहरीलाई प्रतिव्यक्ति एक हजार प्रोत्साहनभत्ता उपलब्ध गराइने भएको छ।
यसैगरी नगरपालिकाको स्वास्थ्य सुरक्षामा पहिलो घेरामा खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत तथा निषेधाज्ञाका समयमा कार्यलयको आवश्यकतानुसार खटिने अन्य कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरिएको छ। रासस
" /> काठमाडौं। बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेसन तयार गर्ने भएको छ। नगर प्रमुख उद्धवप्रसाद खरेलको अध्यक्षतामा हिजो बसेको ५५औँ कार्यपलिकाको बैठकले नगरपालिका क्षेत्रभित्र कोभिड-१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी आइसोलेसन तयार गर्ने निर्णय गरेको हो।बैठकले बूढानीलकण्ठ–१०, डिठ्ठा चौरमा निर्माणाधीन क्वारेन्टाइनलाई आइसोलेसन बनाउने निर्णय गरेको छ। त्यस्तै वडा नं २ स्थित बिएमसीएमा पनि आइसोलेसन बनाइने भएको १० नं का वडाध्यक्ष नवराज भट्टराईले बताए। आइसोलेसन निर्माण तथा व्यवस्थापनका लागि नगर उपप्रमुख रमादेवी राईको नेतृत्वमा एक समिति निर्माण गरिने छ।

">