आगामी वैशाखबाट यूरो ६ मापदण्डको इन्धन

काठमाडौं । वैशाख २०७७ बाट नेपालमा यूरो ६ मापदण्डको इन्धन आउने भएको छ ।

आगामी वैशाखबाट इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट नेपालले उक्त मापदण्डको इन्धन ल्याउन लागेको आयल निगमले जनाएको हो ।

अहिले नेपालमा यूरो ४ मापदण्डको इन्धन प्रयोग भइरहेको छ । यूरो ६ मापदण्डको इन्धन तुलनात्मक रूपमा वातावरणमैत्री मानिन्छ ।

यूरो ६ मापदण्डको इन्धनको मूल्य भने केही बढी हुने निगमले जनाएको छ ।