म हरिण हुँदो हुँ त! 
झम्टिने बाघलाई धन्यवाद दिइरहेछु,
मेरो भाग्य,
त्यो हरिणको झैं बलियो थिएन। 

प्रसूति वार्डमा बच्चा जन्माउने समय नआओस् भनेर कुरिरहेकी उनी डायरीमा माथिको कविता लेख्दालेख्दै झसंग भइन्। 

‘आमा’

आफैंले भर्खरै जन्म दिएको बच्चाले रुनुअघि जन्म दिने आमालाई बोलायो। आमाले मुन्टो बटारिन्। कानलाई सुन्दै नसुन् भनेर आदेश दिइन्। 

जतिबेला बाघले हरिण झम्टँदै थियो, त्यतिबेला कतै विरानो देशमा उनको इज्जतमाथि कसैले धावा बोल्दै थियो। उनी हरिणजस्तो भाग्यमानी थिइनन्। किनकि उनलाई लुछेर, च्यातेपछि उनको पेटभित्र त्यो बच्चा छाडेर ऊ अझै चिथोर्दै थियो। हरिणजस्तो उनलाई मारेर खाएन।

‘आमा’ 

बच्चाले जिद्दी गर्‍यो। नर्सहरूले च्याप्प समाते। मनतातो पानीले नुहाइदिए। न्यानो कपडाले छोपेर आमाको काखमा राख्न खोजे। आमाले कोल्टे फेरिन्। 

‘आमा’ 

बच्चाले जिद्दी छाडेन। नर्सहरू छक्क परे। जन्मिनासाथ रुनु पर्ने बच्चा रुँदैन। यो कसरी सम्भव छ हँ? बोल्नलाई त वर्ष दिन कुर्नुपर्ने, जन्मिँदै बोल्छ त! नर्सहरू अक्क न बक्क परे। आमा भने आँखा बन्द गरेर केही बिर्सन या सम्झन खोज्दै थिइन् स्वयम् उनैलाई थाहा थिएन। 

नदेखे झैं गरी बच्चालाई हेरेपछि गालामा पानीको रेखा बन्यो। केही देखेजस्तो गरेर उनले एकोहोरो बच्चालाई हेरिरहिन्। गोरो, जुनजस्तै तेज अनुहारको सानो बच्चा आमाकै छेउमा बसेर ‘आमा’ खोज्दै थियो। 

यदि बच्चा जन्मेपछि कोल्टे नै फेर्नु थियो त जन्माएको किन? एक नर्सले घुरेर हेरी आमालाई। 

‘आमा’ बच्चा जोडले करायो। 
‘आमा नभन मलाई, म तेरो आमा होइन।’ ऊतिर नहेरेरै आमाले झाँको झारिन् बच्चाको। नर्सहरू अलमल्ल परे र बच्चालाई आमा कोल्टिएपछि बाँकी रहेको ‘बेड’ को एक भागमा छाडेर त्यहाँबाट हिँडे। नदेखे झैं गरी बच्चालाई हेरेपछि गालामा पानीको रेखा बन्यो। केही देखेजस्तो गरेर उनले एकोहोरो बच्चालाई हेरिरहिन्। गोरो, जुनजस्तै तेज अनुहारको सानो बच्चा आमाकै छेउमा बसेर ‘आमा’ खोज्दै थियो। 

‘आमा ऊ त्यो अर्को ‘बेड’ मा हेर्नु त, त्यो जन्मिएको बच्चालाई सबैले कति माया गरेका। हाम्रो बेडमा त कोही छैन त? मेरो बाबा खोइ?’

उनी भक्कानिइन्। एकै स्वासमा सबै ओकिल्दिऊँ झैं लाग्यो। तर, उनले भर्खरै नचाहेरै जन्म दिएकी एक आमा थिइन्। त्यो बच्चाको मात्र होइन, उनको पूरै परिवार र आफ्नो समेत जीवनका अँध्यारा बाटाहरूमा कता जाने भन्ने कतै केही सुइँको समेत पाएकी थिइनन् उनले। अँध्यारोमा जताजता खुट्टाले डोर्‍याउँछ उतैउतै डोरिँदै थिइन्। 

श्रीमान् कमजोर भएपछि घर खर्च चलाउन परदेशिएकी उनी एउटा त्यस्तो विकराल अवस्थामा थिइन्, जहाँ सबै बाटाहरू अँध्यारा थिए। हजारौं मुर्दाहरूको मसानघाटको बीचमा लगेर छोडिए झैं, जहाँ उनलाई चाहेर पनि मर्न प्रतिबन्ध छ।

म जनावर हुँदो हुँ त! मनमनै सोचिन्। जंगलको बीचमा कसैले छाडिदिए पनि आफ्नो बाटो आफैं खोज्दी हुँ। मेरो परिवारको समूहले यो बच्चा कताबाट आयो सोध्दै सोध्थेनन्। सबैले मिलेर यसलाई ठूलो बनाउँदा हुन्। उफ्, मेरो भाग्य म मान्छे भएर जन्मिएँ। त्यो पनि स्वास्नीमान्छे! 

उनी आफ्नो गल्ती खोज्दै थिइन्। बल्झिएको गाँठो फुकाउन सम्भव थिएन। पसिना बेचेर परिवारको खुसी फुलाउने सपना परदेश पुग्नासाथ ओइलिएको थियो। पसिना किन्ने निहुँमा उनलाई चिथोरेको थियो, कोपरेको थियो। र, आफ्नो भन्न नमिल्ने नासो उनीभित्र छाडिएको थियो। 

‘म तेरो आमा पनि होइन, मलाई तेरो बा पनि थाहा छैन। कताबाट आइस् तँ तेतै जा’ राता आँखा पार्दै अर्कोतिर फर्किइन्।

‘आमा, म तपाईंको पेटमा नौ महीना बसेको छु, मलाई थाहा छ। अहिले यस्तो गर्नु थियो भने त्यतिबेला पेटमा किन राखेको?’

कसरी भन्नु उसलाई कि उनले राखेकी होइनन् भनेर। कसैले जबरजस्ती राखिदिएको थियो। जसका कारणले उनको सपना मात्र होइन विपना समेत धरापमा परेको थियो। 

बच्चाको प्रश्नले उनलाई फेरि उतै पुर्‍यायो। उनले नचाहेको त होइन पेटबाट थुतेर फ्याल्न। तर, फ्याल्ने कसरी? कसलाई भन्ने? कसले सुन्ने उनको कुरो? कोरोनाले सबै बन्द नहुँदो हो त जसरी भए पनि यतै फर्केर फ्याल्ने नै थिइन्। तर, कोरोनाको बन्दका कारण कहिले खुल्ला र फर्किउँला भन्ने सोच्दासोच्दै सात महीना त नाघिसक्यो। 

बच्चालाई अँगालो हालेर रुन मन लाग्यो उनलाई। कतै कल्पनामा हराइन् पनि। घरको आँगनमा लुकामारी खेलेको। फूलैफूलका बीचमा हराएको आफ्नो छोरो जुनजस्तै तेज। फूलकै बीचमा अलग्गै चिनिएको। 

मर्न नखोजेकी पनि होइनन्। तर, परिवार? परिवारले कसरी थेग्ला त्यो वियोग। र, अहिले त्यही परिवारलाई थाहै नदिई आफ्नो आँसु आफैंले पिउनु छ उनले। नाक थुनेर मर्न सकिए त? 
‘तँ नाक थुनेर मर्न सक्छस्?’ पहिलोपल्ट आँखा जुधाएर प्रश्न गरिन्।
‘म किन मर्ने? म त तपाईंकै काखमा खेल्ने हो।’ बच्चाले अधिकार खोज्यो। 

‘आमा, मलाई अँगालो हाल्नुस् न!’
वास्तविकताले बोलायो उनलाई। ‘तँ मेरो छोरा होइनस्, तँलाई लिन अहिले मान्छे आउँछन्, चुपचाप उनीसँगै जा।’ बच्चालाई बिस्तारै आफ्नो योजना सुनाउँदै थिइन्। 
‘म किन जाने? म त तपाईंको बच्चा, तपाईसँगै बस्ने हो।’ बच्चाले जिद्दी छाड्दैछाडेन।
खै के सोचिन्, बच्चालाई अँगालेमा हालिन् र चिच्चाएर रोइन्। वरिपरिकाहरूले हेरेपछि सम्हालिन् आफूलाई। 
‘मेरो घर छ, घरमा मेरो श्रीमान् हुनुहुन्छ। सासुससुरा हुनुहुन्छ। म विदेश गएको बेला एउटा भगवानले तँलाई मेरो पेटमा छाडेको।’ राक्षस भन्न सकिनन् उनले। यसो भन्दा बच्चालाई राक्षसको बच्चा हुँ भन्ने पिरले बिथोल्ला भनेर। 

मायासँगै रिस पनि उठ्यो उनलाई। कसरी बुझाउने कि यदि उसलाई मैले घर लगेँ भने भोलिका दिनहरू उसका लागि नै कति कठिन हुनेछन् भनेर। भोलि यसको बाउ को हो भनेर सोधे भने के उत्तर दिने?

‘भगवानले त मलाई तपाईंको बच्चा बनाको हो नि त!’ बच्चाले मन जित्न खोज्यो।
‘धेरै नकरा तँ। मेरो घरमा लगेँ भने तँलाई र मलाई घरबाटै निकालिदिन्छन्। मैले कसैलाई भनेको छैन। म तेरो आमा हो नि?’ उनले प्रश्न गरिन्। 
‘हो, हजुर मेरो आमा हो। भोक लाग्यो दूध खुवाउनुस् न।’

मायासँगै रिस पनि उठ्यो उनलाई। कसरी बुझाउने कि यदि उसलाई मैले घर लगेँ भने भोलिका दिनहरू उसका लागि नै कति कठिन हुनेछन् भनेर। भोलि यसको बाउ को हो भनेर सोधे भने के उत्तर दिने? नागरिकता बनाउँदा बाबुको नाम खोज्लान्। जता जाँदा पनि बाबुको नाम खोज्लान्। मैले कसरी दिने नाम? हेरक दिन मर्नु भन्दा त बरु एकैपल्ट मर्नु पो राम्रो हुन्छ कि क्या हो। बोकेर कतै जान्छु र विष खाएर दुवै परलोक गएकै राम्रो। यस्तै सोचेर टोलाइरहिन्। 

होइन, यसमा यो बच्चाको के दोष? यसले बाँच्न त पाउनुपर्छ। आफैंले आफूलाई सम्हालिन्। 
‘मलाई आमा भन्छस्, मैले भनेको मान्छस् त?’ कुनै कुरा मनाउन खोज्दै थिइन् उनी। 
‘मान्छु आमा।’ बच्चा थोरै मुस्कुरायो।
‘तँलाई लिन मान्छे आउँछन्। उनीहरूसँगै जा। उतै हुर्किन्छस्। मजस्तै माया गर्ने आमा हुनुहुन्छ। म पनि मेरो घर जान्छु। मेरो घरमा पनि मेरो आमा हुनुहुन्छ। मैले तँलाई जन्माको कसैलाई भनेको छैन। तँलाई पनि पछि कसैले सोध्दैनन् तेरो बा को हो भनेर?’
बच्चा टोलाएर हेरिरह्यो। परदेशमा कसैले उसलाई उनको पेटमा छाड्दा उनीसँग विकल्प नभएजस्तै बच्चासँग पनि मान्नुको विकल्प थिएन। मनमनै सोच्यो ‘पक्कै पनि आमा ठूलो अप्ठेरोमा हुनुहुन्छ, मैले आमाले भनेको मान्नुपर्छ।’ ऊभित्र आमाको मन पसेको जो छ। 

‘हुन्छ आमा भनेको मान्छु। तर, दुई–चार दिन हजुरसँगै बस्छु नि है।’
छाती खोलेर धेरैबेर बच्चालाई टाँसिरहिन् छातीमा। बच्चाले पनि त्यही मौकामा आमाको दुःख खाएर आफूलाई अझै बलियो बनायो। 
‘तपाईंलाई भेट्न आउनु भा’छ।’ नर्सले एक महिलालाई देखाएपछि उनले लामो स्वास फेरिन्। आमाहरूको पीडा आमाले नै बुझ्छन्। बच्चालाई आमाबाट छुटाएर उनलाई घर जाने बाटो प्रशस्त गर्नु थियो। आमाहरूको सल्लाह नियम, कानूनभन्दा माथि ममता र भविष्यको बाटोको खोजी गर्दै थियो। 

‘बच्चालाई केयर होममा पठाइदिने र आमा केही दिन बसेर भर्खरै विदेशबाट फर्केको भन्दै घर जाने।’ आमाहरूको सल्लाहले यही निर्णय लियो। ‘केयर होममा बच्चा कहाँबाट आयो भन्दा के जवाफ दिने?’ यो प्रश्न फेरि भुइँचालो बनेर आयो। हाम्रो समाज नै यस्तै छ। वार्षिक हजारौं बलात्कारको घटना हुँदा पनि त्यसको दोष महिलालाई नै दिइन्छ! र, त्यसबाट जन्मिएको बच्चाको अवस्था के होला? सम्झिएरै कहालिए सबै आमा।

अँध्यारो जीवनको एक अध्याय त उतै छुटिसकेको थियो। फेरि अँध्यारोकै नयाँ अध्याय शुरू भयो भने? धेरैबेर सोचेर उनले आफूले आफैंसँग आत्मसमर्पण गरिन्। 

‘कतै लगेर फ्यालिदिने अनि भेटियो भन्ने नि!’ एउटीले उपाय सुझाइन्। 
उनलाई भने आफ्नो बच्चाको औधी माया लाग्यो। फेरि बच्चालाई काखमा राखिन्। र, मनमनै सोचिन् जेसुकै होस्, मसँगगै राख्छु। कसैले स्वीकारोस् नस्वीकारोस्, म हुर्काउँछु। अझै पनि हातखुट्टा सद्दे नै छन् मेरा। 
‘भो तपाईंहरू जानुस्, मेरो बच्चालाई म नै हुर्काउँछु।’ उनले निर्णय सुनाइन्। 
‘फेरि तपाईंको आमा तपाईंसँग रिसाउनुहुन्न?’ बच्चाले प्रश्न गर्‍यो। 
‘जोसुकै रिसाओस्, म तँलाई मबाट टाढा हुन दिन्नँ।’ अझै जोडले बेरिन् बच्चालाई। 
‘होस् आमा। मलाई छाडिदिनुस् अहिले। म तपाईंको बच्चा भएजस्तै तपाईं पनि त कसैको छोरी हो। आफ्नो आमालाई नछाड्नुस्।’ बच्चाले आमाको आँसु पुछ्न खोज्यो।

उनी निःशब्द थिइन्। यो समाजलाई त उनले पहिले नै चिनेकी थिइन्। अँध्यारो जीवनको एक अध्याय त उतै छुटिसकेको थियो। फेरि अँध्यारोकै नयाँ अध्याय शुरू भयो भने? धेरैबेर सोचेर उनले आफूले आफैंसँग आत्मसमर्पण गरिन्। अन्तिम पल्ट बच्चालाई चुमेर पहिले कहिल्यै नचिनेको महिलालाई सुम्पिइन्। मुटु चुँडेर गएजस्तै भयो एकछिन। 

‘आमा, एक दिन हाम्रो भेट हुनेछ।’ जाँदाजाँदै बच्चाले बोलेको त्यो शब्दलाई आफूसँग सुरक्षित राखिन्। उनी केही बोलिनन् केवल आँसु र भावना बोलिरहे। भोलिपल्ट सामाजिक सञ्जालमा भिडिओ हेरिन्। आफ्नो तेज बच्चा मैदानको कुनामा कागजको बाकसभित्र भेटिएको। जताततै बच्चाकै चर्चा। बच्चाकै लागि लाखौंको सहयोग। उनलाई यस्तो लाग्यो, दगुरेर त्यहाँ जाऊँ। 

सामाजिक सञ्जालका कमेन्टहरूले उनलाई खेदो खनेका थिए। ‘कस्ती राक्षसनी आमा, आँखा नदेखेपछि त्यस्तै हुन्छ।’ यस्ता कतिकति! तर, ती कमेन्टभन्दा पनि आफ्नो बच्चाको भविष्य र उसप्रति सबैको सहयोग तथा सहानुभूतिले ती गालीहरू कता हराए कता! 

अँध्यारोमा केही डरलाग्दो आवाज आएपछि बच्चाले सोध्यो- ‘आमा हामी कहाँ जाँदैछौं?’ आमाले यतिमात्र भनिन्- ‘उज्यालो भएपछि भन्छु।’

अब एउटा मीठो बहाना बनाएर घर जानुछ उनलाई। बच्चाको यादले त सताउला नै। तर, आफ्नो र बच्चा दुवैका लागि त्यो सत्य लुकाएरै राख्नु थियो। कुनै दिन त्यो सत्य पनि आउला, तर त्यो दिनसम्म बलियो भैसक्ने छ बच्चा। यस्तै सोच्दै भिडिओ हेरेर बच्चाको यादमा हराउँथिन्। 

अचानक उनको मनमा फेरि भुइँचालो गयो। त्यो बच्चा भेटिएको नभई जानीजानी पैसा उठाउन नाटक गरिएको भन्दै सामाजिक सञ्जालमा उनको खोजी हुँदै थियो। उनी जोडले चिच्चाइन्। चारैतिर फेरि अँध्यारो भयो। केही सोचिनन्। दगुरेर गइन्। बच्चालाई बोकिन् र अँध्यारोमै कता लागिन् स्वयम् उनीलाई थाहा छैन। औंशीको रातमा बच्चा लगेर हिँडेकी उनी कामना गर्दैछिन्, उज्यालो नै नहोस्। उनी र उनको बच्चालाई कसैले नदेखोस्। 

" /> म हरिण हुँदो हुँ त! 

"> के उज्यालो हुन्छ आमा ?: Dekhapadhi
के उज्यालो हुन्छ आमा ? <p style="text-align: justify;">म हरिण हुँदो हुँ त!&nbsp;<br /> झम्टिने बाघलाई धन्यवाद दिइरहेछु,<br /> मेरो भाग्य,<br /> त्यो हरिणको झैं बलियो थिएन।&nbsp;</p> <p style="text-align: justify;">प्रसूति वार्डमा बच्चा जन्माउने समय नआओस् भनेर कुरिरहेकी उनी डायरीमा माथिको कविता लेख्दालेख्दै झसंग भइन्।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;आमा&rsquo;</p> <p style="text-align: justify;">आफैंले भर्खरै जन्म दिएको बच्चाले रुनुअघि जन्म दिने आमालाई बोलायो। आमाले मुन्टो बटारिन्। कानलाई सुन्दै नसुन् भनेर आदेश दिइन्।&nbsp;</p> <p style="text-align: justify;">जतिबेला बाघले हरिण झम्टँदै थियो, त्यतिबेला कतै विरानो देशमा उनको इज्जतमाथि कसैले धावा बोल्दै थियो। उनी हरिणजस्तो भाग्यमानी थिइनन्। किनकि उनलाई लुछेर, च्यातेपछि उनको पेटभित्र त्यो बच्चा छाडेर ऊ अझै चिथोर्दै थियो। हरिणजस्तो उनलाई मारेर खाएन।</p> <p style="text-align: justify;">&lsquo;आमा&rsquo;&nbsp;</p> <p style="text-align: justify;">बच्चाले जिद्दी गर्&zwj;यो। नर्सहरूले च्याप्प समाते। मनतातो पानीले नुहाइदिए। न्यानो कपडाले छोपेर आमाको काखमा राख्न खोजे। आमाले कोल्टे फेरिन्।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;आमा&rsquo;&nbsp;</p> <p style="text-align: justify;">बच्चाले जिद्दी छाडेन। नर्सहरू छक्क परे। जन्मिनासाथ रुनु पर्ने बच्चा रुँदैन। यो कसरी सम्भव छ हँ? बोल्नलाई त वर्ष दिन कुर्नुपर्ने, जन्मिँदै बोल्छ त! नर्सहरू अक्क न बक्क परे। आमा भने आँखा बन्द गरेर केही बिर्सन या सम्झन खोज्दै थिइन् स्वयम् उनैलाई थाहा थिएन।&nbsp;</p> <blockquote> <p style="text-align: justify;"><strong>नदेखे झैं गरी बच्चालाई हेरेपछि गालामा पानीको रेखा बन्यो। केही देखेजस्तो गरेर उनले एकोहोरो बच्चालाई हेरिरहिन्। गोरो, जुनजस्तै तेज अनुहारको सानो बच्चा आमाकै छेउमा बसेर &lsquo;आमा&rsquo; खोज्दै थियो।&nbsp;</strong></p> </blockquote> <p style="text-align: justify;">यदि बच्चा जन्मेपछि कोल्टे नै फेर्नु थियो त जन्माएको किन? एक नर्सले घुरेर हेरी आमालाई।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;आमा&rsquo; बच्चा जोडले करायो।&nbsp;<br /> &lsquo;आमा नभन मलाई, म तेरो आमा होइन।&rsquo; ऊतिर नहेरेरै आमाले झाँको झारिन् बच्चाको। नर्सहरू अलमल्ल परे र बच्चालाई आमा कोल्टिएपछि बाँकी रहेको &lsquo;बेड&rsquo; को एक भागमा छाडेर त्यहाँबाट हिँडे।&nbsp;नदेखे झैं गरी बच्चालाई हेरेपछि गालामा पानीको रेखा बन्यो। केही देखेजस्तो गरेर उनले एकोहोरो बच्चालाई हेरिरहिन्। गोरो, जुनजस्तै तेज अनुहारको सानो बच्चा आमाकै छेउमा बसेर &lsquo;आमा&rsquo; खोज्दै थियो।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;आमा ऊ त्यो अर्को &lsquo;बेड&rsquo; मा हेर्नु त, त्यो जन्मिएको बच्चालाई सबैले कति माया गरेका। हाम्रो बेडमा त कोही छैन त? मेरो बाबा खोइ?&rsquo;</p> <p style="text-align: justify;">उनी भक्कानिइन्। एकै स्वासमा सबै ओकिल्दिऊँ झैं लाग्यो। तर, उनले&nbsp;भर्खरै नचाहेरै जन्म दिएकी एक आमा थिइन्। त्यो बच्चाको मात्र होइन, उनको पूरै परिवार र आफ्नो समेत जीवनका अँध्यारा बाटाहरूमा कता जाने भन्ने कतै केही सुइँको समेत पाएकी थिइनन् उनले। अँध्यारोमा जताजता खुट्टाले डोर्&zwj;याउँछ उतैउतै डोरिँदै थिइन्।&nbsp;</p> <blockquote> <p style="text-align: justify;"><strong>श्रीमान् कमजोर भएपछि घर खर्च चलाउन परदेशिएकी उनी एउटा त्यस्तो विकराल अवस्थामा थिइन्, जहाँ सबै बाटाहरू अँध्यारा थिए। हजारौं मुर्दाहरूको मसानघाटको बीचमा लगेर छोडिए झैं, जहाँ उनलाई चाहेर पनि मर्न प्रतिबन्ध छ।</strong></p> </blockquote> <p style="text-align: justify;">म जनावर हुँदो हुँ त! मनमनै सोचिन्। जंगलको बीचमा कसैले छाडिदिए पनि आफ्नो बाटो आफैं&nbsp;खोज्दी हुँ। मेरो परिवारको समूहले यो बच्चा कताबाट आयो सोध्दै सोध्थेनन्। सबैले मिलेर यसलाई ठूलो बनाउँदा हुन्। उफ्, मेरो भाग्य म मान्छे भएर जन्मिएँ। त्यो पनि स्वास्नीमान्छे!&nbsp;</p> <p style="text-align: justify;">श्रीमान् कमजोर भएपछि घर खर्च चलाउन परदेशिएकी उनी एउटा त्यस्तो विकराल अवस्थामा थिइन्, जहाँ सबै बाटाहरू अँध्यारा थिए। हजारौं मुर्दाहरूको मसानघाटको बीचमा लगेर छोडिए झैं, जहाँ उनलाई चाहेर पनि मर्न प्रतिबन्ध छ।</p> <p style="text-align: justify;">उनी आफ्नो गल्ती खोज्दै थिइन्। बल्झिएको गाँठो फुकाउन सम्भव थिएन। पसिना बेचेर परिवारको खुसी फुलाउने सपना परदेश पुग्नासाथ ओइलिएको थियो। पसिना किन्ने निहुँमा उनलाई चिथोरेको थियो, कोपरेको थियो। र, आफ्नो भन्न नमिल्ने नासो उनीभित्र छाडिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;म तेरो आमा पनि होइन, मलाई तेरो बा पनि थाहा छैन। कताबाट आइस् तँ तेतै जा&rsquo; राता आँखा पार्दै अर्कोतिर फर्किइन्।</p> <p style="text-align: justify;">&lsquo;आमा, म तपाईंको पेटमा नौ महीना बसेको छु, मलाई थाहा छ। अहिले यस्तो गर्नु थियो भने त्यतिबेला पेटमा किन राखेको?&rsquo;</p> <p style="text-align: justify;">कसरी भन्नु उसलाई कि उनले राखेकी होइनन् भनेर। कसैले जबरजस्ती राखिदिएको थियो। जसका कारणले उनको सपना मात्र होइन विपना समेत धरापमा परेको थियो।&nbsp;</p> <p style="text-align: justify;">बच्चाको प्रश्नले उनलाई फेरि उतै पुर्&zwj;यायो। उनले नचाहेको त होइन पेटबाट थुतेर फ्याल्न। तर, फ्याल्ने कसरी? कसलाई भन्ने? कसले सुन्ने उनको कुरो? कोरोनाले सबै बन्द नहुँदो हो त जसरी भए पनि यतै फर्केर फ्याल्ने नै थिइन्। तर, कोरोनाको बन्दका कारण कहिले खुल्ला र फर्किउँला भन्ने सोच्दासोच्दै सात महीना त नाघिसक्यो।&nbsp;</p> <blockquote> <p style="text-align: justify;"><strong>बच्चालाई अँगालो हालेर रुन मन लाग्यो उनलाई। कतै कल्पनामा हराइन् पनि। घरको आँगनमा लुकामारी खेलेको। फूलैफूलका बीचमा हराएको आफ्नो छोरो जुनजस्तै तेज। फूलकै बीचमा अलग्गै चिनिएको।&nbsp;</strong></p> </blockquote> <p style="text-align: justify;">मर्न नखोजेकी पनि होइनन्। तर, परिवार? परिवारले कसरी थेग्ला त्यो वियोग। र, अहिले त्यही परिवारलाई थाहै नदिई आफ्नो आँसु आफैंले पिउनु छ उनले। नाक थुनेर मर्न सकिए त?&nbsp;<br /> &lsquo;तँ नाक थुनेर मर्न सक्छस्?&rsquo; पहिलोपल्ट आँखा जुधाएर प्रश्न गरिन्।<br /> &lsquo;म किन मर्ने? म त तपाईंकै काखमा खेल्ने हो।&rsquo; बच्चाले अधिकार खोज्यो।&nbsp;<br /> बच्चालाई अँगालो हालेर रुन मन लाग्यो उनलाई। कतै कल्पनामा हराइन् पनि। घरको आँगनमा लुकामारी खेलेको। फूलैफूलका बीचमा हराएको आफ्नो छोरो जुनजस्तै तेज। फूलकै बीचमा अलग्गै चिनिएको।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;आमा, मलाई अँगालो हाल्नुस् न!&rsquo;<br /> वास्तविकताले बोलायो उनलाई। &lsquo;तँ मेरो छोरा होइनस्, तँलाई लिन अहिले मान्छे आउँछन्, चुपचाप उनीसँगै जा।&rsquo; बच्चालाई बिस्तारै आफ्नो योजना सुनाउँदै थिइन्।&nbsp;<br /> &lsquo;म किन जाने? म त तपाईंको बच्चा, तपाईसँगै बस्ने हो।&rsquo; बच्चाले जिद्दी छाड्दैछाडेन।<br /> खै के सोचिन्, बच्चालाई अँगालेमा हालिन् र चिच्चाएर रोइन्। वरिपरिकाहरूले हेरेपछि सम्हालिन् आफूलाई।&nbsp;<br /> &lsquo;मेरो घर छ, घरमा मेरो श्रीमान् हुनुहुन्छ। सासुससुरा हुनुहुन्छ। म विदेश गएको बेला एउटा भगवानले&nbsp;तँलाई मेरो पेटमा छाडेको।&rsquo; राक्षस भन्न सकिनन् उनले। यसो भन्दा बच्चालाई राक्षसको बच्चा हुँ भन्ने पिरले बिथोल्ला भनेर।&nbsp;</p> <blockquote> <p style="text-align: justify;"><strong>मायासँगै रिस पनि उठ्यो उनलाई। कसरी बुझाउने कि यदि उसलाई मैले घर लगेँ भने भोलिका दिनहरू उसका लागि नै कति कठिन हुनेछन् भनेर।&nbsp;भोलि यसको बाउ को हो भनेर सोधे भने के उत्तर दिने? </strong></p> </blockquote> <p style="text-align: justify;">&lsquo;भगवानले&nbsp;त मलाई तपाईंको बच्चा बनाको हो नि त!&rsquo; बच्चाले मन जित्न खोज्यो।<br /> &lsquo;धेरै नकरा तँ। मेरो घरमा लगेँ भने तँलाई र मलाई घरबाटै निकालिदिन्छन्। मैले कसैलाई भनेको छैन। म तेरो आमा हो नि?&rsquo; उनले प्रश्न गरिन्।&nbsp;<br /> &lsquo;हो, हजुर मेरो आमा हो। भोक लाग्यो दूध खुवाउनुस् न।&rsquo;</p> <p style="text-align: justify;">मायासँगै रिस पनि उठ्यो उनलाई। कसरी बुझाउने कि यदि उसलाई मैले घर लगेँ भने भोलिका दिनहरू उसका लागि नै कति कठिन हुनेछन् भनेर।&nbsp;भोलि यसको बाउ को हो भनेर सोधे भने के उत्तर दिने? नागरिकता बनाउँदा बाबुको नाम खोज्लान्। जता जाँदा पनि बाबुको नाम खोज्लान्। मैले कसरी दिने नाम? हेरक दिन मर्नु भन्दा त बरु एकैपल्ट मर्नु पो राम्रो हुन्छ कि क्या हो। बोकेर कतै जान्छु र विष खाएर दुवै परलोक गएकै राम्रो। यस्तै सोचेर टोलाइरहिन्।&nbsp;</p> <p style="text-align: justify;">होइन, यसमा यो बच्चाको के दोष? यसले बाँच्न त पाउनुपर्छ। आफैंले आफूलाई सम्हालिन्।&nbsp;<br /> &lsquo;मलाई आमा भन्छस्, मैले भनेको मान्छस् त?&rsquo; कुनै कुरा मनाउन खोज्दै थिइन् उनी।&nbsp;<br /> &lsquo;मान्छु आमा।&rsquo; बच्चा थोरै मुस्कुरायो।<br /> &lsquo;तँलाई लिन मान्छे आउँछन्। उनीहरूसँगै जा। उतै हुर्किन्छस्। मजस्तै माया गर्ने आमा हुनुहुन्छ। म पनि मेरो घर जान्छु। मेरो घरमा पनि मेरो आमा हुनुहुन्छ। मैले तँलाई जन्माको कसैलाई भनेको छैन। तँलाई पनि पछि कसैले सोध्दैनन् तेरो बा को हो भनेर?&rsquo;<br /> बच्चा टोलाएर हेरिरह्यो। परदेशमा कसैले उसलाई उनको पेटमा छाड्दा उनीसँग विकल्प नभएजस्तै बच्चासँग पनि मान्नुको विकल्प थिएन। मनमनै सोच्यो &lsquo;पक्कै पनि आमा ठूलो अप्ठेरोमा हुनुहुन्छ, मैले आमाले भनेको मान्नुपर्छ।&rsquo; ऊभित्र आमाको मन पसेको जो छ।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;हुन्छ आमा भनेको मान्छु। तर, दुई&ndash;चार दिन हजुरसँगै बस्छु नि है।&rsquo;<br /> छाती खोलेर धेरैबेर बच्चालाई टाँसिरहिन् छातीमा। बच्चाले पनि त्यही मौकामा आमाको दुःख&nbsp;खाएर आफूलाई अझै बलियो बनायो।&nbsp;<br /> &lsquo;तपाईंलाई भेट्न आउनु भा&rsquo;छ।&rsquo; नर्सले एक महिलालाई देखाएपछि उनले लामो स्वास फेरिन्। आमाहरूको पीडा आमाले नै बुझ्छन्। बच्चालाई आमाबाट छुटाएर उनलाई घर जाने बाटो प्रशस्त गर्नु थियो। आमाहरूको सल्लाह नियम, कानूनभन्दा माथि ममता र भविष्यको बाटोको खोजी गर्दै थियो।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;बच्चालाई केयर होममा पठाइदिने र आमा केही दिन बसेर भर्खरै विदेशबाट फर्केको भन्दै घर जाने।&rsquo; आमाहरूको सल्लाहले यही निर्णय लियो।&nbsp;&lsquo;केयर होममा बच्चा कहाँबाट आयो भन्दा के जवाफ दिने?&rsquo; यो प्रश्न फेरि भुइँचालो बनेर आयो। हाम्रो समाज नै यस्तै छ। वार्षिक हजारौं बलात्कारको घटना हुँदा पनि त्यसको दोष महिलालाई नै दिइन्छ! र, त्यसबाट जन्मिएको बच्चाको अवस्था के होला? सम्झिएरै कहालिए सबै आमा।</p> <blockquote> <p style="text-align: justify;"><strong>अँध्यारो जीवनको एक अध्याय त उतै छुटिसकेको थियो। फेरि अँध्यारोकै नयाँ अध्याय शुरू&nbsp;भयो भने? धेरैबेर सोचेर उनले आफूले आफैंसँग आत्मसमर्पण गरिन्।&nbsp;</strong></p> </blockquote> <p style="text-align: justify;">&lsquo;कतै लगेर फ्यालिदिने अनि भेटियो भन्ने नि!&rsquo; एउटीले उपाय सुझाइन्।&nbsp;<br /> उनलाई भने आफ्नो बच्चाको औधी माया लाग्यो। फेरि बच्चालाई काखमा राखिन्। र, मनमनै सोचिन् जेसुकै होस्, मसँगगै राख्छु। कसैले स्वीकारोस् नस्वीकारोस्, म हुर्काउँछु। अझै पनि हातखुट्टा सद्दे नै छन् मेरा।&nbsp;<br /> &lsquo;भो तपाईंहरू जानुस्, मेरो बच्चालाई म नै हुर्काउँछु।&rsquo; उनले निर्णय सुनाइन्।&nbsp;<br /> &lsquo;फेरि तपाईंको आमा तपाईंसँग रिसाउनुहुन्न?&rsquo; बच्चाले प्रश्न गर्&zwj;यो।&nbsp;<br /> &lsquo;जोसुकै रिसाओस्, म तँलाई मबाट टाढा हुन दिन्नँ।&rsquo; अझै जोडले बेरिन् बच्चालाई।&nbsp;<br /> &lsquo;होस् आमा। मलाई छाडिदिनुस् अहिले। म तपाईंको बच्चा भएजस्तै तपाईं पनि त कसैको छोरी हो। आफ्नो आमालाई नछाड्नुस्।&rsquo; बच्चाले आमाको आँसु पुछ्न खोज्यो।</p> <p style="text-align: justify;">उनी निःशब्द थिइन्। यो समाजलाई त उनले पहिले नै चिनेकी थिइन्। अँध्यारो जीवनको एक अध्याय त उतै छुटिसकेको थियो। फेरि अँध्यारोकै नयाँ अध्याय शुरू&nbsp;भयो भने? धेरैबेर सोचेर उनले आफूले आफैंसँग आत्मसमर्पण गरिन्।&nbsp;अन्तिम पल्ट बच्चालाई चुमेर पहिले कहिल्यै नचिनेको महिलालाई सुम्पिइन्। मुटु चुँडेर गएजस्तै भयो एकछिन।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;आमा, एक दिन हाम्रो भेट हुनेछ।&rsquo; जाँदाजाँदै बच्चाले बोलेको त्यो शब्दलाई आफूसँग सुरक्षित राखिन्। उनी केही बोलिनन् केवल आँसु र भावना बोलिरहे।&nbsp;भोलिपल्ट सामाजिक सञ्जालमा भिडिओ&nbsp;हेरिन्। आफ्नो तेज बच्चा मैदानको कुनामा कागजको बाकसभित्र भेटिएको। जताततै बच्चाकै चर्चा। बच्चाकै लागि लाखौंको सहयोग। उनलाई यस्तो लाग्यो, दगुरेर त्यहाँ जाऊँ।&nbsp;</p> <p style="text-align: justify;">सामाजिक सञ्जालका कमेन्टहरूले उनलाई खेदो खनेका थिए। &lsquo;कस्ती राक्षसनी आमा, आँखा नदेखेपछि त्यस्तै हुन्छ।&rsquo; यस्ता कतिकति! तर, ती कमेन्टभन्दा पनि आफ्नो बच्चाको भविष्य र उसप्रति सबैको सहयोग तथा सहानुभूतिले ती गालीहरू कता हराए कता!&nbsp;</p> <blockquote> <p style="text-align: justify;"><strong>अँध्यारोमा केही डरलाग्दो आवाज आएपछि बच्चाले सोध्यो-&nbsp;&lsquo;आमा हामी कहाँ जाँदैछौं?&rsquo; आमाले यतिमात्र भनिन्-&nbsp;&lsquo;उज्यालो भएपछि भन्छु।&rsquo;</strong></p> </blockquote> <p style="text-align: justify;">अब एउटा मीठो बहाना बनाएर घर जानुछ उनलाई। बच्चाको यादले त सताउला नै। तर, आफ्नो र बच्चा दुवैका लागि त्यो सत्य लुकाएरै राख्नु थियो। कुनै दिन त्यो सत्य पनि आउला, तर त्यो दिनसम्म बलियो भैसक्ने छ बच्चा। यस्तै सोच्दै भिडिओ हेरेर बच्चाको यादमा हराउँथिन्।&nbsp;</p> <p style="text-align: justify;">अचानक उनको मनमा फेरि भुइँचालो गयो। त्यो बच्चा भेटिएको नभई जानीजानी पैसा उठाउन नाटक गरिएको भन्दै सामाजिक सञ्जालमा उनको खोजी हुँदै थियो।&nbsp;उनी जोडले चिच्चाइन्। चारैतिर फेरि अँध्यारो भयो। केही सोचिनन्। दगुरेर गइन्। बच्चालाई बोकिन् र अँध्यारोमै कता लागिन् स्वयम् उनीलाई थाहा छैन। औंशीको रातमा बच्चा लगेर हिँडेकी उनी कामना गर्दैछिन्, उज्यालो नै नहोस्। उनी र उनको बच्चालाई कसैले नदेखोस्।&nbsp;</p> <p style="text-align: justify;">अँध्यारोमा केही डरलाग्दो आवाज आएपछि बच्चाले सोध्यो-&nbsp;&lsquo;आमा हामी कहाँ जाँदैछौं?&rsquo; आमाले यतिमात्र भनिन्-&nbsp;&lsquo;उज्यालो भएपछि भन्छु।&rsquo;</p>
प्रतिक्रिया दिनुहोस्