दमौली। तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइले व्यास नगरपालिकालाई शववाहन हस्तान्तरण गरेको छ।
एकाइले विगत एक वर्षदेखि सञ्चालन गर्दै आएको शववाहन नगरपालिकालाई हस्तान्तरण गरेको हो। एकाइ सभापति राजकुमार श्रेष्ठले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई हिजो शववाहनको साँचो हस्तान्तरण गरे।
नगरपालिकाभरि नै एउटा पनि शववाहन नभएको अवस्थामा सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने गरी शववाहन हस्तान्तरण गरिएको एकाइ सभापति श्रेष्ठले बताए।
चालकलाई तलब खुवाउन रकम अभाव हुन थालेकोले नगरपालिकाको व्यवस्थापनमा शववाहन बुझाइएको हो। रासस
" /> दमौली। तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइले व्यास नगरपालिकालाई शववाहन हस्तान्तरण गरेको छ।एकाइले विगत एक वर्षदेखि सञ्चालन गर्दै आएको शववाहन नगरपालिकालाई हस्तान्तरण गरेको हो। एकाइ सभापति राजकुमार श्रेष्ठले नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई हिजो शववाहनको साँचो हस्तान्तरण गरे।

">