काठमाडौं। शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोभिड-१९ बाट मृत्यु भएको छ।
भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा हिजो दिउँसो १ बजे मृत्यु भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए।
गत २९ असारमा संक्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो।
एक साताअघि परीक्षण गर्दा संक्रमणमुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन।
भूतपूर्व गोर्खा सैनिक रहेका शेर्पा तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए। रासस
" /> काठमाडौं। शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोभिड-१९ बाट मृत्यु भएको छ।भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा हिजो दिउँसो १ बजे मृत्यु भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए।

">