काठमाडौं। कोभिड-१९ महामारीका कारण विदेशमा अलपत्र भएका नेपालीहरूलाई स्वदेश फर्काउन आजदेखि १ सेप्टेम्बरसम्म पुन: उद्धार उडान गरिँदैछ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न देशबाट नेपाली नागरिक ल्याउन गरिने उद्धार उडानको परिमार्जित नयाँ तालिका तयार गरेको छ।
साउदी, मलेसिया, कतार, यूएई, अस्ट्रेलिया, कोरिया र टर्कीबाट उद्धार उडानका लागि दुई नेपाली तथा आठ विदेशी एअरलाइन्सले अनुमति पाएका छन्।
यो अवधिमा नेपाल एअरलाइन्स र निजी कम्पनी हिमालय एअरलाइन्सले पाँच/पाँचवटा उडान भर्ने छन्। जसअनुसार नेपाल एअरलाइन्सको वाइडबडी विमानले अगस्ट २७ मा रियाद, अगस्ट २८ मा क्वालालम्पुर र अगस्ट ३१ मा दुबईमा उद्धार उडान गर्नेछ। नेपाल एअरलाइन्सकै न्यारो बडी विमानले अगस्ट ३० मा क्वालालम्पुर र सेप्टेम्बर १ मा कतारको दोहा तथा कुवेतमा उडान गर्नेछ।
हिमालय एअरलाइन्सले अगस्ट २७ मा साउदीको दमाम, अगस्ट २८ र ३० मा क्वालालम्पुर, अगस्ट ३१ मा अबुधाबी तथा सेप्टेम्बर १ मा दोहामा उद्धार उडान गर्ने अनुमति पाएको छ।
यसैगरी विदेशी वायुसेवा कम्पनीहरूमध्ये अगस्ट २५ मा एअर अरेबियाले सारजाह, इत्तिहाद एअरवेजले अगस्ट २६ मा अबुधाबी र सोही दिन फ्लाई दुबईले दुबईबाट उद्धार उडानमार्फत नेपाली ल्याउनेछन्।
टर्किस एअरले अगस्ट २८ मा इस्तानबुल, कतार एअरवेजले अगस्ट २९ मा दोहा, सिल्क एअरले अगस्ट ३० मा अस्ट्रेलिया, कोरियन एअरले अगस्ट ३० मै कोरिया र मालिन्दो एयरले अगस्ट ३० मा क्वालालम्पुरबाट उद्धार उडान गर्नेछन्। टर्किस एअरलाइन्स र कतार एअरवेजलाई बढीमा १०० जनामात्र यात्रु ल्याउन अनुमति दिइएको छ।
गत ४ भदौको मन्त्रिपरिषद्बाट पारित निर्णयअनुसार मन्त्रालयले पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भएका यात्रुमात्र ल्याउन पाउने जनाएको छ।
" /> काठमाडौं। कोभिड-१९ महामारीका कारण विदेशमा अलपत्र भएका नेपालीहरूलाई स्वदेश फर्काउन आजदेखि १ सेप्टेम्बरसम्म पुन: उद्धार उडान गरिँदैछ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न देशबाट नेपाली नागरिक ल्याउन गरिने उद्धार उडानको परिमार्जित नयाँ तालिका तयार गरेको छ।

">