काठमाडौं। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीले अहिले पूरा विश्व त्राहिमाम बनाएको छ।
विश्वका सबैजसो देशको यात्रा गर्न भ्याइसकेको यो भाइरस अहिलेसम्म १० वटा देशमा भने पुगेको छैन।
पालाउ, माइक्रोनेसिया, मार्शल आइल्यान्ड, नाउरु, किरिबाटी, सोलोमन आइल्यान्ड, टुभालु, सामोआ, भानुआटु र टोङ्गामा अहिलेसम्म कोरोना भाइरस संक्रमणको आधिकारिक पुष्टि भएको छैन।
प्यासिफिक आइल्यान्डअन्तर्गतका यी देशमा आधिकारिकरूपमा संक्रमण पुष्टि नभए पनि त्यहाँको अर्थतन्त्रमा चाहिँ यसको प्रभाव देखिन थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।
खासगरी सामुद्रिक सुन्दरताका कारण पर्यटन त्यहाँको मुख्य आयस्रोत हो। तर, कोरोना भाइरसको महामारीका कारण विदेशी पर्यटक नआउँदा सबैजसो देशको पर्यटन व्यवसाय पाँच महिनादेखि पूर्णरूपमा बन्द छन्। जसले गर्दा त्यहाँको अर्थतन्त्र प्रभावित भएको बताइएको छ।
“यहाँको समुद्र अन्यत्रको दाँजोमा धेरै सुन्दर छ। त्यसैले विश्वभरका मानिसहरू सफा र सुन्दर समुद्रसँग रमाउन यहाँ आउने हुन्। त्यसैले अर्थतन्त्र बलियो भएको थियो, तर मार्चयता यहाँ कुनै पनि होटल सञ्चालनमा छैनन्,” पालाउ होटलका मालिक एवं व्यवस्थापक ब्रायन लीले भने।
" /> काठमाडौं। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीले अहिले पूरा विश्व त्राहिमाम बनाएको छ।विश्वका सबैजसो देशको यात्रा गर्न भ्याइसकेको यो भाइरस अहिलेसम्म १० वटा देशमा भने पुगेको छैन।

">