काठमाडौं। काठमाडौंमा दुई जना अफिम कारोबारी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले तारकेश्वर नगरपालिकाको शेषमति सानोपुल क्षेत्रबाट दुई जनालाई अफिमसहित पक्राउ गरिएको जनाएको छ।
पक्राउ परेकामा जाजरकोटको त्रिवेणी नगरपालिका-९ का २२ वर्षीय दिलिप विश्वकर्मा र दोलखा भिमेश्वर नगरपालिका-६ का १८ वर्षीया प्रमिला राउत रहेका छन्। उनीहरू दुबै जना तारकेश्वर नगरपालिका-४ मा बस्दै आएका थिए।
दिलिपले बोकेको झोला खानतलाससी गर्दा ६ किलो ५०० ग्राम लागुऔषध अफिम फेला परेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। उनीहरूले गाँउबाट प्रतिकिलो अफिम १ लाख ५० हजार रुपैयाँमा खरिद गर्ने र ८ लाख रुपैयाँसम्ममा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको पनि कार्कीले बताए।