काठमाडौं। सन् १९१८। संसारलाई आतंकित पार्ने गरी एक महामारी फैलियो। त्यसको नाम थियो– स्पेनिस फ्लु। यो महामारीका कारण संसारभर पाँच करोडजतिको ज्यान गयो। १९१८ फेब्रुअरीमा सुरु भएको उक्त महामारी २०२० अप्रिलसम्म रह्यो। कोभिड-१९ को पहिचान पनि फेब्रुअरीमा हुन गयो। एउटा विश्व महामारीको ठीक सय वर्षपछि अर्को महामारी चलेको छ।

सम्भवतः स्पेनिस फ्लुलाई नै आधार मानेर विश्व स्वास्थ्य संगठनले कोरोना दुई वर्षमा नियन्त्रण हुने बताएको हुनुपर्छ। तर दुनियाँमा कुनै एन्टिबायोटिकको उत्पादनसमेत नहुने समय र अहिलेको आधुनिक समयबीच ठूलो अन्तर छ। त्यसबेला यसको कुनै भ्याक्सिन बन्न सकेन। स्पेनिस फ्लुले पनि सबैभन्दा बढी असर (सङ्क्रमितको संख्या धेरै) अमेरिकामा गरेको थियो। फ्रान्स, जर्मनी, बेलायत, स्पेनलगायतका मुलुकका मानिस अधिक संक्रमित भएका थिए। मानिसहरु भीडमा नजाने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, मास्क लगाउनेजस्ता क्रियाकलापबाट नै स्पेनिस फ्लु नियन्त्रणमा आयो।

उक्त फ्लुको नाम स्पेनिस फ्लु दिइए पनि त्यसको उत्पत्ति कुन भूगोलबाट भयो भन्न कठिन छ। तर कोरोनाको उत्पत्ति चीनको वुहानबाट भएको अब स्पष्ट भइसकेको छ। स्पेनिस फ्लु चौथो चरणको वेभपछि मात्रै नियन्त्रणमा आएको थियो।

स्पेनिस फ्लुले भारतमा निकै प्रभाव पार्‍यो। त्यसबखत भारतमा ब्रिटिस शासन थियो। उक्त महामारीले ब्रिटिस इन्डियामा सवा करोडभन्दा बढी मानिसको मृत्यु भएको आँकडा छ। उक्त महामारी रोग प्रतिरोध क्षमता बढी हुने २० देखि ४० वर्ष उमेरका मानिसमा अधिक देखापरेको थियो। ब्रिटिस शासन नै भए पनि त्यसबखत इन्डिया निकै कमजोर थियो, जनता सचेत थिएनन्। अहिलेको भारत धेरै कुरामा अघि बढिसकेको छ। उक्त मुलुक आफैंले भ्याक्सिन निर्माणको गतिलाई तीव्रता दिएको छ।

कोभिड-१९ एउटा नयाँ रोग हो। यसले सबैभन्दा बढी असर ज्येष्ठ नागरिकलाई गरिरहेको छ। स्पेनिस फ्लु र कोभिड-१९ बीच केही समानता भए पनि यी दुई रोगबीच तुलना नै भने गर्न सकिँदैन।

जसरी स्पेनिस फ्लु फैलँदा सम्बद्ध मुलुकका सरकारहरुले संक्रमण रोक्ने प्रयास गरेका थिए अहिले पनि अवस्था त्यस्तै छ। स्पेनिस फ्लुको दोस्रो वेभ बढी घातक देखिएको थियो। जब दुनियाँ स्पेनिस फ्लुसँग लडिरहेको थियो, यही दुनियाँ विश्व युद्धमा पनि फसिरहेको थियो। अहिले कुनै विश्व युद्ध छैन, तर कतिपय मुलुकबीच संघर्ष र असमझदारी तथा केही देशमा गृहयुद्ध कायम छ।

युद्धप्रेमीहरुका लागि जसरी १९१८ मा लडाइँ प्रिय थियो, अहिले पनि कोरोनाभन्दा संघर्ष ठूलो लागिरहेको हुन सक्छ। यही कारण पनि कोरोनाविरुद्धको भ्याक्सिन निर्माणमा लाग्नुभन्दा हतियार किन्नमा लगानी गर्नु तिनका निम्ति महत्वपूर्ण कार्य हुन पुगेको छ।

कतिपय मुलुकलाई रुस र चीनले कोरोनाविरुद्धको भ्याक्सिन बनाएको पटक्कै चित्त बुझेको छैन। तिनलाई लाग्छ, यस्तो महत्वपूर्ण औषधि त हामीले पो बनाउने हो। औषधि बनाएर पैसा कमाउने दाउमा पनि कतिपय रहेका छन्। विश्व स्वास्थ्य संगठन नै पनि भ्याक्सिनमाथिको पहुँचलाई लिएर चिन्तित छ। भ्याक्सिन राष्ट्रवाद मौलायो भने त्यो संसारकै लागि घातकसिद्ध हुने उक्त संस्थाले बताइसकेको छ।

औषधि जसले बनाए पनि हुन्छ। २५ भन्दा बढी देश र संस्था कोरोनाविरुद्धको भ्याक्सिन निर्माणमा जुटेका छन्। संसारभरलाई पुग्ने डोज बनाएर सर्वत्र सर्वसुलभ गर्नु अहिलेको प्रमुख जिम्मेवारी हो। त्यसका निम्ति विश्व स्वाथ्य संगठनको अग्रसरता र बलियो नियमन जरुरी छ।

सय वर्षको समय भनेको निकै लामो हो। १९१८ मा सामान्य न्युमोनियाको पनि औषधि संसारमा थिएन। अहिले विज्ञानले ठूलो फड्को मारिसकेको छ। कोरोना पत्ता लागेको ९ महिना हुनै लाग्दा यो विषाणुविरुद्ध भ्याक्सिन निर्माण लगभग सफलताको चरणमा पुगिसकेको छ। आशा गरौं, यो वर्षको अन्त्यसम्ममा भ्याक्सिन हाम्रा निम्ति सहज र सुलभ हुनेछ।

स्पेनिस फ्लुको त्यसबखत कुनै औषधि थिएन। लकडाउन पनि गरिएको थिएन, मानिस भीड हुने स्थान बन्दमात्रै गरिएको थियो। केही सहर र बस्तीहरुलाई डिसइन्फेक्ट भने गरिएको थियो। मानिसहरुलाई मास्क लगाउन भनिएको थियो।

१९१८ मा न्युज अफ दि वर्ल्डले आफ्ना पाठकलाई स्वास्थ्य टिप्स दियो। हरेक बिहान र रात नाकलाई साबुन–पानीले धुने, दुवै समय बेस्करी हाच्छुयुँ गर्ने र गहिरो स्वास लिने, मफलर नलगाउने, नियमित हिँड्ने र झोल कुरा बढी खाने सल्लाह दिइयो।

अमेरिकाका केही राज्यमा त्यो बेला मानिसलाई क्वारेन्टिनमा बस्न र मास्क लगाउन अनिवार्य गरिएको थियो। सिनेमा हल, नाटकघर तथा मनोरञ्जनका अन्य स्थल पूरै बन्द गरिएको थियो। अहिलेजस्तै त्यो बेला पनि स्वच्छ हावाले संक्रमण फैलन नदिने बताइएको थियो।

महामारी अन्त्य हुने क्रममा पुग्दा बेलायतमा दुई लाख ८० हजारको मृत्यु भइसकेको थियो भने एकचौथाइ संक्रमित थिए। अहिले अवस्था फरक छ, त्यहाँ हालसम्म ४१ हजारको मृत्यु भएको छ भने सवा तीन लाख संक्रमित छन्। बेलायतका मानिसहरु त्यसबखत पनि सतर्क र सचेत थिए, त्यसकारण त्यहाँ मृत्युदर कम रह्यो।

(एजेन्सीहरुको सहयोगमा)

" /> काठमाडौं। सन् १९१८। संसारलाई आतंकित पार्ने गरी एक महामारी फैलियो। त्यसको नाम थियो– स्पेनिस फ्लु। यो महामारीका कारण संसारभर पाँच करोडजतिको ज्यान गयो। १९१८ फेब्रुअरीमा सुरु भएको उक्त महामारी २०२० अप्रिलसम्म रह्यो। कोभिड-१९ को पहिचान पनि फेब्रुअरीमा हुन गयो। एउटा विश्व महामारीको ठीक सय वर्षपछि अर्को महामारी चलेको छ।

"> स्पेनिस फ्लु भर्सेज कोरोना भाइरस: Dekhapadhi
स्पेनिस फ्लु भर्सेज कोरोना भाइरस

प्रतिक्रिया दिनुहोस्