काठमाडौं। शनिबारकाे रात। राजवीर पासवान (३२) रक्सीले मातेर घर आइपुगे।
रक्सीले मातेर आएकाे देखेपछि आमा उर्मिला (५०) ले गाली गर्दै भनिन्, “रक्सीले मातेर आइस् ? एउटा भएको छोरा यस्तो भएपछि के गर्नु?”
सर्लाही लालबन्दी नगरपालिका-२, पुनर्वास टोल बस्ने पासवान परिवारको भरोसा उनै राजवीर हुन्।
दिनहुँजसाे मातिरहने राजवीर देखेर आमा उर्मिला भने वाक्कदिक्क थिइन्।
तर, उर्मिलाले शनिबार भनेको कुरा राजवीरलाई मन परेन। सम्झाइबुझाइ गरेको पचेन। र, मातिएका उनी झम्टिएर आमामाथि जाइलागे।
उर्मिला र बुबा उपेन्द्र (५५)ले सम्झाउँदा पनि राजवीर शान्त भएनन्।
उनले आमा र बुबामाथि ढुंगा बर्साउन थाले। निर्ममतापूर्वक आमाको ज्यान लिई छाडे। बुबालाई गम्भीर घाइते बनाए।
रातकाे झण्डै १ बजे घर रणभूमिमा परिणत गयाे। रक्ताम्मे बन्याे।
संयोगले आसपासकै क्षेत्रमा प्रहरी निरीक्षक नारायण थापा नेतृत्वको प्रहरी टोली गस्तीमा थियो। साे घटनाबारे थाहा पाएलगत्तै प्रहरी घटनास्थल पुग्यो।
“घटनास्थल पुग्दा आमा उर्मिलाको मृत्यु भइसकेको थियो, भुइँतिर रगतै-रगत थियो, बुबा उपेन्द्र गम्भीर घाइते अवस्थामा थिए”, उनले देखापढीसँग भने, “घटनामा संलग्न राजवीरलाई नियन्त्रणमा लियौं र उपेन्द्रलाई तत्कालै उपचारका लागि पठायौं।”
प्रारम्भिक अनुसन्धानको क्रममा राजवीरले रक्सी खाएर आउँदा आमाले किन खाइस् भनेको र सोही कुरामा झगडा भएको बताएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा आइतबार दर्ता गरी अनुसन्धान थालेको छ।
घटनास्थलबाट प्रहरीले राजवीरले आमा र बुबामाथि प्रहार गरेका ढुंगाहरू बरामद् गरेको छ। अन्य घटनासँग सम्बन्धित सबुत प्रमाणहरू पनि बरामद गरिसकेको छ।
उर्मिलाको शवको पोष्टमार्टम गरी आइतबार अन्त्येष्टि पनि गरिएको छ। तर, पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ।
“मृतक उर्मिलाको टाउकाेमा चोट लागेको देखियो र उनको घटनास्थलमै मृत्यु भएको देखिन्छ,” प्रहरी निरीक्षक थापाले भने, “मृत्युको सबै विवरण पोष्टमार्टम रिपोर्टपछि खुल्ला।”
गम्भीर घाइते अवस्थामा उद्धार गरिएका उपेन्द्रको स्थानीय मनिषा केअर हस्पिटलमा उपचार भइरहेको छ। उनको स्वास्थ्यमा क्रमिकरूपमा सुधार भइरहेको प्रहरीले जनाएको छ।
सम्झाइबुझाइ गर्दा आमाको ज्यान लिएका राजवीर हाल प्रहरी हिरासतमा छन्।
घटनाको कारण अरू पनि छन् कि भनेर भिन्न-भिन्न कोणबाट अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
" /> काठमाडौं। शनिबारकाे रात। राजवीर पासवान (३२) रक्सीले मातेर घर आइपुगे।

">