काठमाडौ। राष्ट्रिय मानव अधिकार आयोगले कोरोना (कोभिड-१९) सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि भइरहेको धम्की तथा अमानवीय व्यवहारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। चितवनलगायत देशका विभिन्न जिल्लाहरुमा स्वास्थ्यकर्मीहरुमाथि छिमेकी तथा टोलबासीहरुबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटनाहरुप्रति आयोगले चासो देखाएको छ।
''कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञाको अवस्थामा आयोगबाट अनुगमन भइरहेको छ। सो क्रममा उपचारमा अहोरात्र खटिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट संक्रमण फैलाउन सक्ने भन्दै उनीहरु बसेको घरमा स्थानीय तथा छरछिमेकीले घेराहाली धम्की तथा दुर्व्यवहार गरेको पाइएको छ,'' आयोगका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ''जनस्वास्थ्य सङ्कटको वर्तमान अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् पक्ष हो।''
आयोगले स्वास्थ्यकर्मीमाथि सम्मानजनक व्यवहार गरी नागरिक कर्तव्यको पालना गर्न सबैसँग आग्रह गरेको छ। त्यस्तै कानूनको दायरा मिचेर स्वास्थ्यकर्मीमाथि भएका गलत व्यवहारका घटनाहरूको छानबिन गरी दोषीलाई कारबाही गर्न र यस्ता गतिविधि दोहोरिन नदिने सुनिश्चित गर्न पनि आयोगले सरकारसँग आग्रह गरेको छ।