महोत्तरी। धान खेत धाँजा फाटेर चिरा पर्दै जाँदा पिरोलिएका महोत्तरीका किसानलाई राहत भएको छ। आइतबार साँझदेखि झमझम परेको पानीले धानखेत टम्म भरिएपछि किसानले राहत महसुस गरेका हुन्। साउन मध्ययता राम्ररी पानी नपरेर भदौ लागेयता दिनहुँ चल्ने तातो बतासले खेत खङ्रङ सुकाएर धान पहेँलिन थालेपछि किसान पिरोलिएका थिए।
“राम्रो पानी प¥यो, धान रोपिएका खेतका गरा पानीले टन्न भरिएका छन्”, आइतबार साँझदेखि आज बिहानसम्म राम्ररी परेको पानीले खुशी भएका जिल्लाको बर्दिबास नगरपालिका–७ बनराका किसान धर्मानन्द काफ्लेले भने, “अब चाहिँ धान फेरिने आस जाग्यो।” महोत्तरीसहितका आसपासका जिल्लामा साउन मध्ययता पानी नपर्दा आकासे पानीको भरका किसान चिन्ताले रुमलिएका थिए। भदौ शुरू भएसँगै दिनहुँ बहने तातो बतासले त खेतबारी रुखिएर खडेरी पो पर्छ कि भन्ने बढेको चिन्ता पछिल्लो वर्षाले हटाएको किसानको भनाइ छ।
असार अन्तिम सातादेखि साउन मध्यसम्म लगातारको वर्षाले वाक्कदिक्क भएका किसान त्यसयता पानी रोकिएपछि सन्तोस मान्दै थिए। तर, प्रचण्ड घामको राप बढ्दै गएर पछिल्लो साताको चैत वैशाखको जस्तो हुरहुरे बतास चल्न थालेपछि खेतबारी रुखिएर बाली पहेँलिदै सुक्न थालेपछि भने अनिकाल पर्छ कि भन्ने चिन्ताले घर गरेको थियो। “धानमात्र नभएर तरकारीका बेला, नयाँ फलफूलका बोट र उखु पनि पानीबेगर ओइलाएका थिए”, जिल्लाकै भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवारले लामो सन्तोषको सास फेर्दै भने, “पछिल्लो वर्षा त अमृत नै भयो।”
पानी परेपछि धानमा युरिया मल हाल्न पाइने/नपाइने नयाँ चिन्ता किसानलाई परेको छ। यसअघि धान रोपिएसँगै बजारमा मलको हाहाकार भएर किन्न नपाइएको किसानको दुखेसो छ। रोपो सरेपछि युरिया मल हाल्न नपाउँदा धानको रोपो राम्ररी गाँजिन नपाएको किसान बताउँछन्।
अहिले पानी परेपछि तत्काल युरिया नहाले हिउँदे धान राम्ररी नपोटाउने लोहारपट्टी नगरपालिका–१ का किसान जगन्नाथ यादव बताउँछन्। “त्यतिखेर धानको रोपो सर्नासाथै बजारमा कतै युरिया मल पाइएन”, यादवले भने, “खै अहिले के हुने हो ? मल नपाए त धानको राम्रो उत्पादन लिन सकिँदैन।” कृषि सामग्री (बीउबिजन, मल) बेच्ने स्वीकृति पाएका आफ्नो वरपरका ‘एग्रोभेट’ पसलले मल नभएको बताउँदा किसानले कालाबजारीयासँग चर्को मूल्यमा कमसल मल किन्नु परेको यादवको थप गुनासो छ। गोपालप्रसाद बराल/रासस
" /> महोत्तरी। धान खेत धाँजा फाटेर चिरा पर्दै जाँदा पिरोलिएका महोत्तरीका किसानलाई राहत भएको छ। आइतबार साँझदेखि झमझम परेको पानीले धानखेत टम्म भरिएपछि किसानले राहत महसुस गरेका हुन्। साउन मध्ययता राम्ररी पानी नपरेर भदौ लागेयता दिनहुँ चल्ने तातो बतासले खेत खङ्रङ सुकाएर धान पहेँलिन थालेपछि किसान पिरोलिएका थिए।“राम्रो पानी प¥यो, धान रोपिएका खेतका गरा पानीले टन्न भरिएका छन्”, आइतबार साँझदेखि आज बिहानसम्म राम्ररी परेको पानीले खुशी भएका जिल्लाको बर्दिबास नगरपालिका–७ बनराका किसान धर्मानन्द काफ्लेले भने, “अब चाहिँ धान फेरिने आस जाग्यो।” महोत्तरीसहितका आसपासका जिल्लामा साउन मध्ययता पानी नपर्दा आकासे पानीको भरका किसान चिन्ताले रुमलिएका थिए। भदौ शुरू भएसँगै दिनहुँ बहने तातो बतासले त खेतबारी रुखिएर खडेरी पो पर्छ कि भन्ने बढेको चिन्ता पछिल्लो वर्षाले हटाएको किसानको भनाइ छ।

">