काठमाडौं। एकैदिन १९ जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि जाजरकोट सदरमुकामम खलंगामा निषेधाज्ञा लागू गरिने भएको छ। कोभिड–१९ जिल्ला संकट समिति र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार आज राति १२ बजेदेखि १५ भदौ राति १२ बजेसम्म सदरमुकाम रहेको भेरी नगरपालिकाको ३ र ४ वडामा निषेधाज्ञा जारी गरिएको छ।
संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम निषेधाज्ञा जारी गरिएको सहयाक प्रमुख जिल्ला अधिकारी साहनीले बताएका छन्। चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा हिजो जाजरकोटका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण पुष्टि हुनेमा भेरी नगरपालिकाका महिला शाखा, कानून शाखा र स्वास्थ्य शाखाका एक/एक जना कर्मचारी रहेका छन्। यस्तै, प्रहरी चौकी मटेलामा कार्यरत एक हवल्दार, जिल्ला प्रहरी कार्यालयको प्रशासन शाखामा कार्यरत एक हवल्दार र केही दिनपहिले दंगा नियन्त्रण गणबाट सरुवा भएर जाजरकोट पुगेका एकजना प्रहरी कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै, वाणिज्य बैंकका एकजना कर्मचारी र नेपाली सेनाका एक अधिकारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। २० वटा नमूना पठाइएकोमा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ।
" /> काठमाडौं। एकैदिन १९ जनामा कोरोनाभाइरस संक्रमण देखिएपछि जाजरकोट सदरमुकामम खलंगामा निषेधाज्ञा लागू गरिने भएको छ। कोभिड–१९ जिल्ला संकट समिति र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार आज राति १२ बजेदेखि १५ भदौ राति १२ बजेसम्म सदरमुकाम रहेको भेरी नगरपालिकाको ३ र ४ वडामा निषेधाज्ञा जारी गरिएको छ।संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम निषेधाज्ञा जारी गरिएको सहयाक प्रमुख जिल्ला अधिकारी साहनीले बताएका छन्। चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा हिजो जाजरकोटका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

">