काठमाडौं। अफगानिस्तानको दक्षिणी कान्धाहार प्रान्तमा विद्रोही तालिबान समूहले गरेको आक्रमणमा चार जना प्रहरी मारिएका छन्। पाकिस्तानसँगको सीमास्थित प्रहरी जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको हो।
अफगान सरकारसँग वार्ताको तयारी हुँदै गर्दा तालिबान समूहले घातक आक्रमण गरेको छ। गत फेब्रुअरी २९ मा तालिबान र संयुक्तराज्य अमेरिकाबीच अफगानिस्तानमा शान्ति बहाली गर्नेसम्बन्धी महत्वपूर्ण सम्झौता भइसकेको छ।
उक्त सम्झौतामा तालिबान समूहले आफगानिस्तानमा जारी हिंसात्मक कारबाहीलाई न्यून गर्ने, अफगान सरकारसँग शान्ति वार्ता गर्ने, अफगान कारागारमा बन्दी तालिबान लडाकूलाई मुक्त गर्ने, युद्धविराम गर्ने लगायतका विषय समेटिएका छन्।
" /> काठमाडौं। अफगानिस्तानको दक्षिणी कान्धाहार प्रान्तमा विद्रोही तालिबान समूहले गरेको आक्रमणमा चार जना प्रहरी मारिएका छन्। पाकिस्तानसँगको सीमास्थित प्रहरी जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको हो।अफगान सरकारसँग वार्ताको तयारी हुँदै गर्दा तालिबान समूहले घातक आक्रमण गरेको छ। गत फेब्रुअरी २९ मा तालिबान र संयुक्तराज्य अमेरिकाबीच अफगानिस्तानमा शान्ति बहाली गर्नेसम्बन्धी महत्वपूर्ण सम्झौता भइसकेको छ।

">