हत्या आरोपी दुईजना पक्राउ

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका-८ पथलहवाँ टोलका ४० वर्षीय अर्जुन यादवको हत्यामा संलग्न भनिएका दुईजना पक्राउ परेका छन्। गयराति कुटपिट गरी यादवको हत्या गरिएको थियो।

पथलहवाँका अन्दाजी २७ वर्षीय पुरुष र फत्कीटोलका अन्दाजी २३ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए।

रासस

प्रतिक्रिया दिनुहोस्