त्रिशूली। नेत्रविक्रम चन्द समूहले नुवाकोटमा स्काभेटर आगजनी गरेको छ।
समूहले जिल्लाको बेलकोटगढी नगरपालिका-१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा आगजनी गरेको हो।
समूहमा आएका अज्ञात व्यक्तिले स्काभेटर गए राति आगजनी गरेको पीडित तामाङले जानकारी दिनुभयो। उनका अनुसार आगजनीबाट स्काभेटरको चालक बस्ने सिटलगायतमा २० लाख बराबरको क्षति भएको छ। त्यस स्थानमा समूहले कारवाही गरिएको आशयको पत्र छाडेको प्रहरीले जनाएको छ।
पत्रमा दुई वर्षअघि कब्जा गरेको जग्गाबाट राजेन्द्रले अवैध रुपमा बालुवा उत्खनन गरेको, समाजमा चरित्रहीन कार्य गरेको, पार्टीविरुद्ध सुराकी गरेको तथा सोझासीधा जनतालाई अनावश्यक दुःख दिएको आरोप लगाइएको छ।
यसैगरी समूहले विज्ञप्ति जारी गरी म्यागङ गाउँपालिका कार्यालयको स्टोर शाखामा गत वैशाख ८ गते दिउँसो भएको आगलागीको घटना गाउँपालिकाका अध्यक्ष आशा तामाङले गराउन लगाएको भनी गल्ती सच्याई माफी माग्न र नमागे 'जनकारवाही' गर्ने चेतावनी दिइएको छ। रासस
" /> त्रिशूली। नेत्रविक्रम चन्द समूहले नुवाकोटमा स्काभेटर आगजनी गरेको छ।समूहले जिल्लाको बेलकोटगढी नगरपालिका-१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा आगजनी गरेको हो।

">