काठमाडौं। मादक पदार्थ सेवनपछि ढुङ्गाले हानेर आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास टोलका ३२ वर्षीय राजवीर पासवान आमाको हत्या अभियोगमा गएराति पक्राउ परेका हुन्।
मादक पदार्थ सेवन गरेर उनले आमा ५० वर्षीया उर्मिला पासवान र बुवा ५५ वर्षीया उपेन्द्र पासवानलाई ढुङ्गा प्रहार गरेका थिए। ढुङ्गाले आमा उर्मिलाको टाउकोमा लागेको थियो। जसका कारण उनको घटनास्थलमै मृत्यु भएको थियो।
टाउकोमा चोट लागि गम्भीर घाइते भएका बाबु उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ।
" /> काठमाडौं। मादक पदार्थ सेवनपछि ढुङ्गाले हानेर आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास टोलका ३२ वर्षीय राजवीर पासवान आमाको हत्या अभियोगमा गएराति पक्राउ परेका हुन्।

">