काठमाडौं। मानवअधिकार तथा शान्ति समाजले गत साउन १ गते चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङलाई नेपाली सेनाले हत्या गरेको ठहर गरेको छ।

समाजले आज सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सेनाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको समेत उल्लेख गरिएको छ।

“गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङलाई सेनाले चरम, बर्बर यातना दिएपछि भएको मृत्यु प्रकरणको शान्ति समाजको टोलीले साउन २४ गते घटनास्थल पुगेर अध्ययन अनुगमन गरेपछि आज आइतबार प्रतिवेदन सार्वजनिक गर्दै उक्त घटना राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको उल्लंघन  र मानव गरिमाविरुद्ध घात र अपराध भएको ठहर गरेको छ,” समाजद्वारा जारी विज्ञप्तिमा बताइएको छ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि चितवन राप्ती नगरपालिका-२ का २४ वर्षीय राजकुमारको मृत्यु भएको भन्ने समाचारहरू सार्वजनिक भएपछि समाजले पीडित परिवार, यातना पीडितहरू र सरोकारवालाहरूसँग भेट गरी अध्ययन अनुसन्धान गरेको थियो।

“उक्त यातनाको घटनामा संलग्न सैनिक जवानलाई कानुनसम्मत कारबाही गर्दै उसलाई सार्वजनिक गरी नेपाली सेना यातनाविरुद्धको अन्तर्राष्ट्रिय  महासन्धीको कार्यान्वयन गर्न र मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्न प्रतिबद्ध रहेको सबै सामु विश्वस्त पार्नुपर्दछ,” समाजले विज्ञप्तिमा भनेको छ।

राज्यले मृतक परिवारलाई क्षतिपूर्ति र यातना पीडितहरूको स्वास्थ्य उपचारको सम्पूर्ण प्रबन्ध मिलाउन समेत समाजले माग गरेको छ।

समाजको अनुगमन टोलीले मृतकका परिवार, यातना पीडितहरू, स्थानीय जनप्रतिनिधिहरू, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा नागरिक समाजका व्यक्तिहरूसँग छलफल गरेको थियो।

मानव अधिकार तथा शान्ति सामाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालको नेतृत्वमा गएको टोलीमा अधिकारकर्मीहरू केन्द्रीय सचिवद्वय श्यामसुन्दर पराजुली, बाबुहरि अचार्य, विभागीय संयोजक राजेन्द्र पौड्याल, सदस्य तोयनाथ ढुंगानाको सहभागिता थियाे।

" /> काठमाडौं। मानवअधिकार तथा शान्ति समाजले गत साउन १ गते चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङलाई नेपाली सेनाले हत्या गरेको ठहर गरेको छ।

समाजले आज सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सेनाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको समेत उल्लेख गरिएको छ।

“गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङलाई सेनाले चरम, बर्बर यातना दिएपछि भएको मृत्यु प्रकरणको शान्ति समाजको टोलीले साउन २४ गते घटनास्थल पुगेर अध्ययन अनुगमन गरेपछि आज आइतबार प्रतिवेदन सार्वजनिक गर्दै उक्त घटना राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको उल्लंघन  र मानव गरिमाविरुद्ध घात र अपराध भएको ठहर गरेको छ,” समाजद्वारा जारी विज्ञप्तिमा बताइएको छ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि चितवन राप्ती नगरपालिका-२ का २४ वर्षीय राजकुमारको मृत्यु भएको भन्ने समाचारहरू सार्वजनिक भएपछि समाजले पीडित परिवार, यातना पीडितहरू र सरोकारवालाहरूसँग भेट गरी अध्ययन अनुसन्धान गरेको थियो।

“उक्त यातनाको घटनामा संलग्न सैनिक जवानलाई कानुनसम्मत कारबाही गर्दै उसलाई सार्वजनिक गरी नेपाली सेना यातनाविरुद्धको अन्तर्राष्ट्रिय  महासन्धीको कार्यान्वयन गर्न र मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्न प्रतिबद्ध रहेको सबै सामु विश्वस्त पार्नुपर्दछ,” समाजले विज्ञप्तिमा भनेको छ।

राज्यले मृतक परिवारलाई क्षतिपूर्ति र यातना पीडितहरूको स्वास्थ्य उपचारको सम्पूर्ण प्रबन्ध मिलाउन समेत समाजले माग गरेको छ।

समाजको अनुगमन टोलीले मृतकका परिवार, यातना पीडितहरू, स्थानीय जनप्रतिनिधिहरू, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा नागरिक समाजका व्यक्तिहरूसँग छलफल गरेको थियो।

मानव अधिकार तथा शान्ति सामाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालको नेतृत्वमा गएको टोलीमा अधिकारकर्मीहरू केन्द्रीय सचिवद्वय श्यामसुन्दर पराजुली, बाबुहरि अचार्य, विभागीय संयोजक राजेन्द्र पौड्याल, सदस्य तोयनाथ ढुंगानाको सहभागिता थियाे।

"> सेनाको बर्बर यातनाका कारण राजकुमारको मृत्यु: मानवअधिकार तथा शान्ति समाज: Dekhapadhi
सेनाको बर्बर यातनाका कारण राजकुमारको मृत्यु: मानवअधिकार तथा शान्ति समाज
काठमाडौं। मानवअधिकार तथा शान्ति समाजले गत साउन १ गते चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङलाई नेपाली सेनाले हत्या गरेको ठहर गरेको छ।

समाजले आज सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सेनाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको समेत उल्लेख गरिएको छ।

“गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङलाई सेनाले चरम, बर्बर यातना दिएपछि भएको मृत्यु प्रकरणको शान्ति समाजको टोलीले साउन २४ गते घटनास्थल पुगेर अध्ययन अनुगमन गरेपछि आज आइतबार प्रतिवेदन सार्वजनिक गर्दै उक्त घटना राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको उल्लंघन  र मानव गरिमाविरुद्ध घात र अपराध भएको ठहर गरेको छ,” समाजद्वारा जारी विज्ञप्तिमा बताइएको छ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि चितवन राप्ती नगरपालिका-२ का २४ वर्षीय राजकुमारको मृत्यु भएको भन्ने समाचारहरू सार्वजनिक भएपछि समाजले पीडित परिवार, यातना पीडितहरू र सरोकारवालाहरूसँग भेट गरी अध्ययन अनुसन्धान गरेको थियो।

“उक्त यातनाको घटनामा संलग्न सैनिक जवानलाई कानुनसम्मत कारबाही गर्दै उसलाई सार्वजनिक गरी नेपाली सेना यातनाविरुद्धको अन्तर्राष्ट्रिय  महासन्धीको कार्यान्वयन गर्न र मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्न प्रतिबद्ध रहेको सबै सामु विश्वस्त पार्नुपर्दछ,” समाजले विज्ञप्तिमा भनेको छ।

राज्यले मृतक परिवारलाई क्षतिपूर्ति र यातना पीडितहरूको स्वास्थ्य उपचारको सम्पूर्ण प्रबन्ध मिलाउन समेत समाजले माग गरेको छ।

समाजको अनुगमन टोलीले मृतकका परिवार, यातना पीडितहरू, स्थानीय जनप्रतिनिधिहरू, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा नागरिक समाजका व्यक्तिहरूसँग छलफल गरेको थियो।

मानव अधिकार तथा शान्ति सामाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालको नेतृत्वमा गएको टोलीमा अधिकारकर्मीहरू केन्द्रीय सचिवद्वय श्यामसुन्दर पराजुली, बाबुहरि अचार्य, विभागीय संयोजक राजेन्द्र पौड्याल, सदस्य तोयनाथ ढुंगानाको सहभागिता थियाे।

प्रतिक्रिया दिनुहोस्