काठमाडौं। छिमेकी भारतले अबको ७३ दिनपछि कोरोनाविरुद्धको भ्याक्सिन तयार गर्ने भएको छ।
बिजनेस टुडे समाचारपत्रको रिपोर्टअनुसार भारतको पहिलो कोरोना भ्याक्सिनको नाम ‘कोभिसिल्ड’ रहेको छ र यसलाई पुणेस्थित कम्पनी सिरम इन्स्टिच्युटले निर्माण गरिरहेको छ। रिपोर्टमा उक्त भ्याक्सिन ‘राष्ट्रिय खोप कार्यक्रम’अन्तर्गत नागरिकलाई निःशुल्क प्रदान गरिने उल्लेख छ।
सिरमका एक वरिष्ठ अधिकारी भन्छन्, ‘‘सरकारले हामीलाई विशेष निर्माण प्राथमिकता दिएको छ र ट्रायल प्रोटोकलको प्रक्रिया तीव्र पारिएको छ। अब ५८ दिनमा परीक्षण पूरा हुनेछ। तेस्रो चरणको परीक्षणको पहिलो डोज आज (२३ अगस्ट) बाट शुरू गरिएको छ। दोस्रो डोज २९ दिनपछि दिइने छ। अन्तिम परीक्षण त्यसको १५ दिनपछि दिइने छ। यही अवधिबीच हामी कोभिसिल्ड बजारमा लैजाने योजनामा छौं।’’
केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धनले पनि कोभिड-१९ को एक भ्याक्सिनको क्लिनिकल ट्रायल तेस्रो चरणमा रहेको बताएका छन्। उनले भने, ‘‘हामीलाई पूर्ण विश्वास छ कि यो वर्षको अन्त्यसम्ममा भ्याक्सिन तयार हुनेछ।’’
सिरमले एस्ट्राजेनेका कम्पनीसँग विशेष सम्झौता गरी निर्माण अधिकार खरिद गरेर भारतलगायत अन्य ९२ मुलुकमा भ्याक्सिन बिक्री गर्ने योजना बनाएको छ। सिरमले यसवापत् रोयल्टी प्राप्त गर्नेछ।
केन्द्र सरकारले सिरमसँग सीधै भ्याक्सिन खरिद गर्ने र नागरिकलाई निःशुल्क प्रदान गर्ने योजना बनाएको छ। केन्द्रले आगामी जुनसम्म सिरमसँग १३० करोड भारतीयका लागि ६८ करोड डोज माग गरेको छ। सरकारले भ्याक्सिन बनाइरहेका अन्य कम्पनीसँग पनि परीक्षणमा सफलता पाएपछि खरिद गर्न सक्नेछ।
सिरम कम्पनी प्रत्येक महीना ६ करोड डोज बनाउने योजनामा छ। आगामी अप्रिलसम्म कम्पनीले क्षमता बढाएर १० करोड डोज प्रतिमहीना बनाउन सक्ने बताइन्छ।
यसका निम्ति कम्पनीले २०० करोड रुपैयाँ लगानी थप गरेको छ। सिरम इन्स्टिच्युट अफ इन्डिया संसारकै सबैभन्दा बढी भ्याक्सिन निर्माता कम्पनी हो। यो कम्पनीले प्रत्येक वर्ष १.५ अर्ब भ्याक्सिनको डोज बनाउँछ, जसमा पोलियोदेखि मिजल्ससम्म छ।
उता, बिल तथा मिलिन्डा गेट्स फाउन्डेसनले पनि सिरमलाई आर्थिक सहयोग गर्ने भएको छ। फाउन्डेसनले ११२५ करोड रुपैयाँ सहयोग गर्न तयार भएको बताइएको छ।
यसबाट कोरोना भ्याक्सिनको १० करोड डोज बनाउन सकिने र गरिब देशलाई दिन सकिने छ। सिरमले एक डोज बनाउन पर्ने हजार भारुबाट घटाएर २५० सम्म बिक्री गर्न आर्थिक सहयोगले मद्दत गर्ने बताएको छ।
(एजेन्सी)
" /> काठमाडौं। छिमेकी भारतले अबको ७३ दिनपछि कोरोनाविरुद्धको भ्याक्सिन तयार गर्ने भएको छ।बिजनेस टुडे समाचारपत्रको रिपोर्टअनुसार भारतको पहिलो कोरोना भ्याक्सिनको नाम ‘कोभिसिल्ड’ रहेको छ र यसलाई पुणेस्थित कम्पनी सिरम इन्स्टिच्युटले निर्माण गरिरहेको छ। रिपोर्टमा उक्त भ्याक्सिन ‘राष्ट्रिय खोप कार्यक्रम’अन्तर्गत नागरिकलाई निःशुल्क प्रदान गरिने उल्लेख छ।

">