लमजुङ। बेंसीशहर नगरपालिका-९, साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ।
बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो।
थापा र चितुवाबीच केहीबेर घम्साघम्सी परेको थियो।
चितुवाकाे आक्रमणमा परेर थापा घाइते भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए।
अहिले घाइतेको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको बताइएको छ।
मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ। ‘वन ऐनअनुरुप उहाँहरूले व्यवस्थापन गर्नु हुनेछ’, प्रजिअ शर्माले भने। रासस
" /> लमजुङ। बेंसीशहर नगरपालिका-९, साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ।बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो।

">