लण्डन। बेलायत र युरोपेली संघ (ईयू) बीच ब्रेक्जिट (ईयूबाट बेलायतको बहिर्गमन) पछिको सम्झौता सजिलो नभएको बेलायत सरकारका मुख्य वार्ताकार डेभिड फ्रस्टले बताएका छन्।
वार्ताको अन्तिम चरण समाप्त भएपछि दिएको प्रतिक्रियामा उनले सम्झौता सहज नभएको बताएका हुन्।
“हामीले ईयूसँग सातौं चरणको वार्ता समाप्त गरिसकेका छौं। मैले अघिल्लो हप्ता भनेझैँ सम्झौता अझै सम्भव छ र यो अझै हाम्रो लक्ष्य हो तर यो हासिल गर्न सजिलो हुने छैन भन्ने कुरा स्पष्ट छ,” फ्रस्टले भने, “कुनै सम्झौता हुने हो भने बेलायत-ईयूबीच भावी सहयोगका विभिन्न क्षेत्रहरूमा ठोस काम आवश्यक रहने छ। हामीले यस हप्ता उपयोगी छलफल गरेका छौं तर थोरै प्रगति भएको छ।”
ईयूको अडानले प्रगति गर्न अनावश्यकरूपमा गाह्रो बनाइरहेको फ्रस्टको भनाइ छ।
केही महत्त्वपूर्ण क्षेत्रहरू, जसको समाधान हुन बाँकी छ र वार्ताकारहरूबीच व्यापक समझदारी भए पनि काम गर्नुपर्ने धेरै विवरण बाँकी रहेका छन्। उनले भने, “दुवै पक्षका लागि समय छोटो छ।”
बेलायतले ईयूसँगको सम्झौतामा पुग्न कडा मेहनत गरिरहेको छ र बेलायती मुख्य वार्ताकार र ईयूको टोली सेप्टेम्बर ७ या अर्काे दुई हप्तापछि लण्डनमा हुने वार्ता अघि निकट सम्पर्कमा रहन सहमत भएका छन्।
लण्डनले आफ्नो स्थिति अपरिवर्तित रहेको भन्दै आफ्नो माछा मार्ने जल क्षेत्र सम्बन्धमा बेलायती सार्वभौमिकतामा सम्झौता गर्ने कुनै पनि प्रस्तावलाई स्वीकार गर्दैन भन्ने कुरामा जोड दिएको छ।
स्थानीय सञ्चारमाध्यमले बताएअनुसार व्यापार हिस्सा साझेदारीको बारेमा भएको अन्तिम चरणको वार्तामा कुनै प्रगति भएको छैन। बेलायतको धारणा व्यापार सम्झौतापछि ब्रसेल्सको अधिनलाई नमान्ने कुरा हो र ईयू केवल सानो परिवर्तनलाई उत्तम परिवर्तनका रूपमा स्वीकार्न मात्र तयार छ।
सम्झौताको वार्तामा खेल्ने तथाकथित विषयहरूमध्ये अनुदान नियन्त्रणको विषय एक प्रमुख चुनौती छ।
बेलायतले जनवरी ३१ मा आफ्नो ईयू सदस्यताको अन्त्य भएको घोषणा गरिसकेको छ तर स्थायी भविष्यको व्यापार सम्झौतामा पुग्नको लागि सङ्क्रमणकालीन अवधि अर्थात् सन् २०२० को डिसेम्बर ३१ सम्म ईयूको नियमहरूलाई पालना गर्नेछ। यस अवधिमा बेलायतले ईयू कोषमा भुक्तान गर्नुपर्नेछ र ब्रसेल्सले लगाएको कानूनलाई पालना गर्नेछ।
ईयूका बेलायत सम्बन्ध मामिला प्रमुख वार्ताकार मिशेल बार्नियरले ईयूका २७ सदस्य राष्ट्रहरूले सम्झौता अनुमोदन गर्न सक्ने बनाउन मसौदालाई अक्टुबरसम्ममा अन्तिम रूप दिइनुपर्ने बताएका छन्।
बार्नियरले भने, “म निराश, चिन्तित र अचम्मित भएको छु किनकि पछिल्लो वार्ता प्रगतितर्फ बढ्नुको सट्टा झन् ‘पछाडितिर’ जाँदै गरेको अनुभव भएको छ। ”
यदि सङ्क्रमणकालीन समयसीमा समाप्त हुँदासम्म पनि बेलायत र ईयूबीचको व्यापार सम्झौता असफल भयो भने दुवै पक्षले विश्व व्यापार संगठनको शर्तमा व्यापार गर्नेछन्। जसअन्तर्गत नयाँ सीमा नियन्त्रण र करको अर्थ उनीहरूको व्यापारको लागि अतिरिक्त लागत हुनेछ। रासस-सिन्ह्वा
" /> लण्डन। बेलायत र युरोपेली संघ (ईयू) बीच ब्रेक्जिट (ईयूबाट बेलायतको बहिर्गमन) पछिको सम्झौता सजिलो नभएको बेलायत सरकारका मुख्य वार्ताकार डेभिड फ्रस्टले बताएका छन्।वार्ताको अन्तिम चरण समाप्त भएपछि दिएको प्रतिक्रियामा उनले सम्झौता सहज नभएको बताएका हुन्।

">