काठमाडौं। कोरोनाविरुद्ध पहिलो भ्याक्सिन बनाएर दुनियाँलाई राहत दिने रुसले अर्को खुशीको खबर सार्वजनिक गरेको छ। केही देश र संस्थाले उसको पहिलो भ्याक्सिनमाथि आशंका गरिरहँदा अर्को प्रभावकारी भ्याक्सिन रुसले सार्वजनिक गरेको हो। यो भ्याक्सिन थप प्रभावकारी, सुरक्षित र यसको साइडइफेक्ट पनि नरहेको दाबी गरेको छ।
यही महीनाको आरम्भमा रुसले स्पुतनिक–भी भ्याक्सिन ल्याएको थियो। त्यसको परीक्षणलाई लिएर आलोचना गरिएको थियो। रुसको दोस्रो भ्याक्सिन ‘एपी–भ्याक’माथि पनि सन्देह गरिने कतिपयको भनाइ छ। विश्व स्वास्थ्य संगठनले २०२१ को शुरूआतसम्म प्रभावकारी भ्याक्सिन उपलब्ध नहुने बताएको थियो।
रुसले साइबेरियास्थित एक पूर्वशीर्ष गुप्त सोभियत जैविक हतियार अनुसन्धानशालामा एप–भ्याक भ्याक्सिन विकसित गरिरहेको बताइन्छ, त्यो स्थान अहिले विश्वको अग्रणी भाइरोलोजी संस्थानका रूपमा सक्रिय छ। दोस्रो भ्याक्सिनको क्लिनिकल ट्रायल सेप्टेम्बरमा पूरा हुने रुसले बताएको छ।
रुसी वैज्ञानिकहरूका अनुसार यो भ्याक्सिन ५७ जना भोलिन्टिरयमाथि परीक्षण गरिएको र कसैमा पनि यसको दुष्प्रभाव देखिएको छैन। इन्टरफ्क्यासले २३ दिन भोलिन्टियर्सलाई अस्पताल भर्ना गरिएको बताएको छ। अहिलेसम्म कसैमा पनि नकारात्मक प्रभाव देखिएको छैन।
यो भ्याक्सिनको उद्देश्य १४ देखि २१ दिनको अन्तरालमा दुई इन्जेक्सन दिएपछि एउटा प्रतिरक्षा प्रतिक्रिया उत्पादन गर्नु रहेको छ। यो भ्याक्सिनको उत्पादन अक्टुबरदेखि नोभेम्बरसम्ममा हुन सक्ने रुसी जनताको अपेक्षा छ। (एजेन्सी)
" /> काठमाडौं। कोरोनाविरुद्ध पहिलो भ्याक्सिन बनाएर दुनियाँलाई राहत दिने रुसले अर्को खुशीको खबर सार्वजनिक गरेको छ। केही देश र संस्थाले उसको पहिलो भ्याक्सिनमाथि आशंका गरिरहँदा अर्को प्रभावकारी भ्याक्सिन रुसले सार्वजनिक गरेको हो। यो भ्याक्सिन थप प्रभावकारी, सुरक्षित र यसको साइडइफेक्ट पनि नरहेको दाबी गरेको छ।यही महीनाको आरम्भमा रुसले स्पुतनिक–भी भ्याक्सिन ल्याएको थियो। त्यसको परीक्षणलाई लिएर आलोचना गरिएको थियो। रुसको दोस्रो भ्याक्सिन ‘एपी–भ्याक’माथि पनि सन्देह गरिने कतिपयको भनाइ छ। विश्व स्वास्थ्य संगठनले २०२१ को शुरूआतसम्म प्रभावकारी भ्याक्सिन उपलब्ध नहुने बताएको थियो।

">