कैलाली। पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायका पुरुषहरूले दिदीबहिनीको दीर्घायुको लागि आज अट्वारी पर्व मनाउँदै छन ।
हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो सातामा पर्ने आइतबार तथा कुसे औंसीपछिको पहिलो आइतबारका दिन अट्वारी पर्व मनाइने गरेको थारु अगुवा प्रभात चौधरी बताउँछन्।
थारू समुदायका पुरुषले यो पर्वमा दिदीबहिनीहरुका लागि ब्रत बस्ने गरेको थारु अगुवा चौधरीले बताए। उनका अनुसार पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत, नवलपरासी र चितवन जिल्लाका थारू समुदायले अट्वारी पर्व मनाउने गरेका छन्।
तीजमा महिलाले जस्तै यो पर्वमा पुरुषहरूको अट्वारीको अघिल्लो दिन दर खाने, आइतबार ब्रत बस्ने र साँझा पूजाआजा गरी रोटीको परिकार खाने चलन छ।
अट्वारी पर्वको पूर्वसन्ध्यामा घर आँगन लिपपोत गर्ने, नयाँ लुगा लगाउने अनदीको चामलको भात पकाउने, सेल, पुरी लगायतका अन्य परिकार बनाउने चलन रहेको छ। अनदीको चामलको भातलाई सगुनको रूपमा लिने गरिन्छ।
अट्वारीको दोस्रो दिन बिहान ७ अथवा ११ प्रकारका तरकारी (खरिया, पकौडा, सिध्रा माछा, चना, केराउ, हरियो साग, काक्रा) लगायतको तरकारी पकाइन्छ।
विवाह भएका छोरीचेलीहरूलाई यो दिन अग्रासन (दिदीबहिनीको नाममा छुट्याएर राखेको खानेकुरा) तयार पारिन्छ।
त्यही छुट्यार राखेको भाग विवाहित चेलीबेटीलाई कोसेलीस्वरूप दिने चलन रहेको अर्का थारु अगुवा दिलबहादुर चौधरीले बताए।
अट्वारी पर्व मनाउनको लागि सुदूरपश्चिम सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।
तर, कोरोना महामारीको कारण विगतमा जस्तो यस पर्वको रौनक भने छैन।
" /> कैलाली। पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायका पुरुषहरूले दिदीबहिनीको दीर्घायुको लागि आज अट्वारी पर्व मनाउँदै छन ।हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो सातामा पर्ने आइतबार तथा कुसे औंसीपछिको पहिलो आइतबारका दिन अट्वारी पर्व मनाइने गरेको थारु अगुवा प्रभात चौधरी बताउँछन्।

">