काठमाडौं। अगस्ट महीनाको २१ तारिखसम्म आइपुग्दा भारतले आफ्ना छिमेकी देशसँग सम्बन्धित २५ वटा प्रेस विज्ञप्ति जारी गर्यो। जुलाईमा ३१ प्रेस विज्ञप्ति जारी गरिएको थियो, जसमा चारवटा मात्रै छिमेकीसँग सम्बन्धित थियो। जुनमा यो संख्या ३६ थियो र त्यसमा केवल दुईवटा मित्र देशसँग जोडिएको थियो। यसअघिको संख्या अझै कम थियो।
प्रश्न उठ्छ– के प्रेस विज्ञप्ति जारी गर्नुले मात्र छिमेकीसँगको सम्बन्ध मापन गर्न सकिन्छ? उत्तर पनि स्पष्ट नै छ– सकिँदैन। कतिपय विश्लेषक भारतले सधैँ नै छिमेकी देशलाई प्राथमिकता दिँदै आएको बताउँछन्। पाकिस्तानबाहेक नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, भुटान, माल्दिभ्सलगायतका देशसँग भारतले सम्बन्ध नबिग्रियोस् भनी बेलाबखत प्रेस विज्ञप्ति र छलफल गर्दै आएको छ।
प्रश्न अर्को पनि यतिखेर उठ्छ- भारतले आफ्नो सीमा विवादमा सबैको साथसहयोग चाहन्छ र यसमा मद्दत मिलोस् भन्ने अपेक्षाका साथ त्यस्ता विज्ञप्ति जारी गर्दै आएको हो ? यतिखेर भारतमात्र होइन, संसारक सबैजसो मुलुक कोरोना महामारीको सामना गरिरहेका छन्। त्यसकारण पनि भारतले आफ्ना छिमेकीप्रति सहानुभूतिको नजर राखेर त्यस्तो विज्ञप्ति जारी गर्न थालेको अनुमान गर्नेको संख्या पनि कम छैन।
अचानक छिमेकीप्रति भारतले अपनाएको यो मेलमिलापको शैली कुनै एक घटनाका कारणमात्रै अपनाइएको होइन भन्ने तथ्यमा अधिकांश विश्लेषक सहमत छन्। घटनाहरू अनेक भए पनि नयाँ कदमलाई छुट्टाछुट्टै होइन, एउटा बृहत् दृश्यका रूपमा लिनुपर्ने भारतका सरकारी अधिकारीहरू बताउँछन्।
कोरोना महामारीलाई शुरूका दिनमा चीन एक्लैले सामना गर्यो। अहिले सोही महामारीबाट पीडित कतिपय देशले चीनतर्फ सहयोगको आँखा बिछ्याइरहेका छन्। यस्तो अवस्थमा भारतले पनि आफ्नो बलियो कदम अघि सार्नु अस्वाभाविक होइन। दक्षिण एशियामा चीन नै भारतको ठूलो प्रतिद्वन्द्वी हो। चीनले चालेका हरेक कदममा दृष्टि पुर्याउनु भारतका निम्ति अहम् कार्य हो। अहिले केही दिनदेखि चीन–भारत सीमा शान्त छ। यही अवसरमा चीन र भारतले आफ्ना छिमेकीतर्फ सहयोगी हात बढाउनु उपयुक्त मानेका छन्।
भारतको भन्दा चीनको अर्थतन्त्र निकै ठूलो
विश्व बैंकका अनुसार सन् २०१९ को अन्त्यमा चीनको जीडीपी १४.३४ ट्रिलियन डलर थियो भने भारतको निकै कम अर्थात् २.८७ डलर थियो। यसबाट स्पष्ट हुन्छ, भारतसँग चीनको जति पैसा छैन। चीनले आफ्ना योजनाहरू जसरी अघि बढाउँदै आएको छ, त्यसरी नै भारतले काम गर्न सक्दैन। यही कारण पनि भारत छिमेकी देशसँग भावनात्मक सम्बन्ध सुधार गर्ने रणनीतिमा लागेको छ।
दक्षिण हिन्द महासागरको खराब मौसममा ५५ दिन लगाएर भारतीय केसरी जहाजले माल्दिभ्स, मौरिससलगायतका देशमा खाद्य सामग्री र औषधि पुर्यायो। यसमा खाद्यान्नका साथै कोरोना राहत सामग्री थिए। भारतले गरेको यो सहयोगबारे मिडियामा चर्चा भएन।
यता भारतसँग तीनतिर लामो सिमाना जोडिएको नेपालले भने तुलनात्मक रूपमा त्यो विशाल मुलुकसँग आवश्यक छलफल नै गर्न सकेको छैन।
चीनले पनि नेपाललाई घोषित रूपमा महामारीसँग जुध्न सहयोग गर्ने वचन दिएको छैन। यसलाई नेपालको कमजोर कूटनीति मान्छन् नेपाली विश्लेषकहरू। उनीहरूका अनुसार नेपालले यतिखेर भारतसँग जोडिएको आफ्नो सीमाविवादलाई सल्टाउन अग्रसर हुनुपर्थ्यो। साथै, चीनलगायतका मुलुकसँग कोरोना महामारी नियन्त्रणका सम्भावित उपायबारे सहकार्य गर्न हात अगाडि बढाइसक्नु पर्नेथियो। (बीबीसीमा आधारित)
" /> काठमाडौं। अगस्ट महीनाको २१ तारिखसम्म आइपुग्दा भारतले आफ्ना छिमेकी देशसँग सम्बन्धित २५ वटा प्रेस विज्ञप्ति जारी गर्यो। जुलाईमा ३१ प्रेस विज्ञप्ति जारी गरिएको थियो, जसमा चारवटा मात्रै छिमेकीसँग सम्बन्धित थियो। जुनमा यो संख्या ३६ थियो र त्यसमा केवल दुईवटा मित्र देशसँग जोडिएको थियो। यसअघिको संख्या अझै कम थियो।प्रश्न उठ्छ– के प्रेस विज्ञप्ति जारी गर्नुले मात्र छिमेकीसँगको सम्बन्ध मापन गर्न सकिन्छ? उत्तर पनि स्पष्ट नै छ– सकिँदैन। कतिपय विश्लेषक भारतले सधैँ नै छिमेकी देशलाई प्राथमिकता दिँदै आएको बताउँछन्। पाकिस्तानबाहेक नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, भुटान, माल्दिभ्सलगायतका देशसँग भारतले सम्बन्ध नबिग्रियोस् भनी बेलाबखत प्रेस विज्ञप्ति र छलफल गर्दै आएको छ।

">