तनहुँ। जालसाजी मुद्दामा फरार रहेका एक अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन्।
बन्दीपुर गाउँपालिका-२ पार्चे तीनपाटे निवासी ७२ वर्षीय रुद्रबहादुर कामीबाट सात लाख २५ हजार राजस्व असूल गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
रुद्रबहादुरउपर तनहुँ जिल्ला अदालतले ४ भदौ २०७४ मा उक्त रकम जरिवाना फैसला गरेको थियो।
निज व्यक्तिलाई आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा प्रहरीले पक्राउ गरी तनहुँ जिल्ला अदालतसमक्ष पेश गरिएको थियो। रासस
" /> तनहुँ। जालसाजी मुद्दामा फरार रहेका एक अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन्।बन्दीपुर गाउँपालिका-२ पार्चे तीनपाटे निवासी ७२ वर्षीय रुद्रबहादुर कामीबाट सात लाख २५ हजार राजस्व असूल गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
रुद्रबहादुरउपर तनहुँ जिल्ला अदालतले ४ भदौ २०७४ मा उक्त रकम जरिवाना फैसला गरेको थियो।
निज व्यक्तिलाई आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा प्रहरीले पक्राउ गरी तनहुँ जिल्ला अदालतसमक्ष पेश गरिएको थियो। रासस
">