काठमाडौं। ऋषि पञ्चमी पर्वमा महिलाले नदी, ताल, तलाउ, पोखरीजस्ता स्थानमा स्नान गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान गर्न महानगरीय प्रहरी वृत्त बौद्धले आह्वान गरेको छ।
तुलनात्मक रूपमा बागमती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्ने गरेका थिए।
गोकर्णबाट सुन्दरीजलसम्मको करिब सात किमी नदी किनारको दायाँ बायाँ दुई नगरपालिकाका हजारौँ महिलाले ऋषिपञ्चमीमा स्नान गर्ने गरेका थिए ।
गोकर्णे औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर भीड हुन नदिए जस्तै ऋषिपञ्चमीका अवसरमा बागमती किनारमा स्नानका लागि पनि निषेध गरिएको वृत्तका प्रहरी प्रमुख नवीन कार्कीले बताए।
बिहानैदेखि बामती, मनोहरा लगायत नदी किनारमा प्रहरी खटाइएको उनले बताए। नदीमा समूह जम्मा भएर स्नान गर्दा कोरोनाको जोखिम बढ्ने हुनालय यो निर्णय गरिएको प्रहरीले जनाएको छ। रासस
" /> काठमाडौं। ऋषि पञ्चमी पर्वमा महिलाले नदी, ताल, तलाउ, पोखरीजस्ता स्थानमा स्नान गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान गर्न महानगरीय प्रहरी वृत्त बौद्धले आह्वान गरेको छ।तुलनात्मक रूपमा बागमती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्ने गरेका थिए।

">