काठमाडौं। ब्राजिलमा २४ घन्टायता ३२ हजार ५५४ जना कोरोना संक्रमित भेटिएका छन् भने १ हजार ५४ जनाको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा भने संक्रमितको संख्यामा कमी आएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अघिल्लो दिन ४५ हजार जनामा संक्रमण देखिएको थियो।
अहिलेसम्म ब्राजिलमा संक्रमितको संख्या ३५ लाख ३६ हजार नाघिसकेको छ। जसमध्ये करिब २६ लाख ७० हजार जना निको भइसकेका छन्। ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु भएकाको संख्या १ लाख १३ हजारभन्दा बढी पुगेको छ।
कोरोना संक्रमणबाट विश्वमा २ करोड ३१ लाख भन्दा बढी नागरिक संक्रमित भएका छन् भने ८ लाख ३ हजारभन्दा बढीको ज्यान गइसकेको छ। ब्रालिज अमेरिकापछि सबैभन्दा बढी संक्रमित भएको देश हो। अमेरिकामा कोरोना भाइरसबाट करिब ५८ लाख मानिस संक्रमित भएका छन्।
" /> काठमाडौं। ब्राजिलमा २४ घन्टायता ३२ हजार ५५४ जना कोरोना संक्रमित भेटिएका छन् भने १ हजार ५४ जनाको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा भने संक्रमितको संख्यामा कमी आएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अघिल्लो दिन ४५ हजार जनामा संक्रमण देखिएको थियो।अहिलेसम्म ब्राजिलमा संक्रमितको संख्या ३५ लाख ३६ हजार नाघिसकेको छ। जसमध्ये करिब २६ लाख ७० हजार जना निको भइसकेका छन्। ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु भएकाको संख्या १ लाख १३ हजारभन्दा बढी पुगेको छ।

">