काठमाडौं। लिदी पहिरोका विस्थापितलाई स्थानान्तरण गर्ने प्रक्रिया सुरु भएको छ। जुगल गाउँपालिकाकै वडा नं १ सेलाङको बाँसखर्कमा सार्ने तयारी गरिएको हो। हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। सबै परिवारलाई टेन्टमा राख्ने गरी आवश्यक सामग्री आज ढुवानी भइसकेको छ।
बस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ। जसअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराउने निर्णयबमोजिम आजै ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ।
जिल्ला आयोजना कार्यान्वयन इकाइले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउने छ भने जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ। रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ।
प्रदेशसभा सदस्य सरेश नेपाल, पूर्वसांसद सुवास कर्माचार्यसहितको टोलीले स्थलगत भ्रमण गरी स्थानीयवासीसँग छलफल गरेको थियो। आइतबार विहानैबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएर टेन्ट जडान तथा सुरक्षाको प्रबन्ध मिलाउने श्रेष्ठले बताए। नौ दिनअघि जुगल–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये ३२ को शव फेला परेको छ भने सातजना अझै बेपत्ता छन्।
रासस
" /> काठमाडौं। लिदी पहिरोका विस्थापितलाई स्थानान्तरण गर्ने प्रक्रिया सुरु भएको छ। जुगल गाउँपालिकाकै वडा नं १ सेलाङको बाँसखर्कमा सार्ने तयारी गरिएको हो। हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। सबै परिवारलाई टेन्टमा राख्ने गरी आवश्यक सामग्री आज ढुवानी भइसकेको छ।बस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ। जसअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराउने निर्णयबमोजिम आजै ९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्नेछ।

">