नेपालगन्ज। नेपालगन्ज र कोहलपुरमा गरी ५२ वटा हाइमास्ट लाइट जडानको काम आजदेखि सुरु भएको छ। पूर्व सहरी विकास मन्त्री एवम् बाँके क्षेत्र नं २ का सांसद मोहम्मद इस्तियाक राईले आज नेपालगन्ज-१५स्थित जमुनाह-पिप्रहवा चोकमा हाइमास्ट लाइट जडान गरिने जगको सिलान्यास गरे।
पूर्वमन्त्री राईले नेपालगन्ज र कोहलपुरलाई झिलिमिली बनाउने उद्देश्यअनुरुप आफूले यो योजना ल्याउन पहल गरेको बताए। राई सहरी विकास मन्त्री हुँदा नेपालगन्जमा ३९ वटा र कोहलपुरमा १३ वटा हाइमास्ट लाइट जडान गर्ने योजना पास भएको थियो।
नेपालगन्जका प्रत्येक वडामा कम्तीमा एउटा पर्नेगरी हाइमास्ट लाइट जडान गरिनेछ। लाइट जडान गर्ने स्थान नेपालगन्ज उपमहानगरपालिकाले तय गरिसकेको छ। मुख्य-मुख्य चोक तथा बजार क्षेत्रमा यि लाइटहरु जडान गरिने भएको छ।

४ करोड २० लाख रुपैयाँ लागतमा यी हाइमास्ट लाइट जडान गर्न लागिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ बाँकेले जनाएको छ।
सबै लाइट २०७७ साल असार २५ गतेभित्र जडान गरिसक्ने सम्झौता छ। हालसम्म २६ वटा लाइटको फाउन्डेसन तयार भइसकेको छ भने पोल र लाइट जडान गर्ने काम पनि थाल्न लागिएको छ। चाँडै नै बाँकी २६ वटाको काम पनि अघि बढ्ने बताइएको छ।
नेपालगन्जको वीपी चोकमा नेपालगन्ज उपमहानगरपालिकाले बनाएको हाइमास्ट लाइट।
" /> नेपालगन्ज। नेपालगन्ज र कोहलपुरमा गरी ५२ वटा हाइमास्ट लाइट जडानको काम आजदेखि सुरु भएको छ। पूर्व सहरी विकास मन्त्री एवम् बाँके क्षेत्र नं २ का सांसद मोहम्मद इस्तियाक राईले आज नेपालगन्ज-१५स्थित जमुनाह-पिप्रहवा चोकमा हाइमास्ट लाइट जडान गरिने जगको सिलान्यास गरे।पूर्वमन्त्री राईले नेपालगन्ज र कोहलपुरलाई झिलिमिली बनाउने उद्देश्यअनुरुप आफूले यो योजना ल्याउन पहल गरेको बताए। राई सहरी विकास मन्त्री हुँदा नेपालगन्जमा ३९ वटा र कोहलपुरमा १३ वटा हाइमास्ट लाइट जडान गर्ने योजना पास भएको थियो।

">