डेढ महिनादेखि दार्चुला-तिङ्कर सडक अवरुद्ध
दार्चुला। निर्माणाधीन दार्चुला–तिङ्कर सडक खण्डको ट्रयाक खुलेको ४० किलोमिटर सडकखण्ड डेढ महिनादेखि अवरुद्ध भएको छ।
१२ वर्ष अघिबाट निर्माण शुरु भएको सो सडकखण्डको खलङ्गादेखि व्यास गाउँपालिकाको सुनसेरा तुसरपानीसम्म सडकको ट्र्याक खुलेको थियो तर बर्खा शुरु भएसँगै यो क्षेत्रको सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।
खलङ्गादेखि दुहुँको हिकिलासम्म मात्रै झण्डै आधा दर्जन ठाउँमा सडक अवरुद्ध भएको छ। हिकिलादेखि सुनसेरासम्म पनि सोही मात्रामा सडक अवरुद्ध भएको छ।
तत्काललाई दुहुँ गाउँपालिकाको हिकिलासम्म सडक पुन: सञ्चालन गर्न पनि निकै सास्ती छ।
“निर्माणाधीन सडक अवरुद्ध भएसँगै दुहुँ र व्यासको जनजीवन अस्तव्यस्त बनेको छ”, दुहुँ गाउँपालिका-५ का जयदेव महराले भने, “पैदल हिँड्न पनि बाटो अप्ठ्यारो छ। ठाउँठाउँमा पहिरो गएको छ। ढुङ्गा खस्ने डर उत्तिकै छ।” व्यासदेखि खलङ्गा पुग्न झन् कष्टकर छ।
विगतमा भारतीय बाटो हुँदै सदरमुकामसम्म आवतजावत हुने गथ्र्यो तर यो पटक गत चैत ११ गतेदेखि लकडाउन शुरु भयो । नेपाल भारत नाका यही भदौ मसान्तसम्मका लागि सरकारले बन्द गराएको छ।
दार्चुला–तिङ्कर सडक योजनाले  अवरुद्ध सडक खुलाउन शुरु भएको जनाएको छ। योजनाका इन्जिनीयर दिनेश रैखोलाले भने, “व्यास र दुहुँमा खाद्यान्न लगायतका सामग्रीको अभाव भयो भनेर भनेको भन्यैछन्।”
तिमुरपाटामा मात्रै २० मिटर बढी पर्खाल लगाउनुपर्ने छ। अहिले कार्यालयले नै स्थानीयवासीलाई काममा लगाएर जाली भराउने काम शुरु गराएको उनले जनाए। हिकिलासम्मको ६/७ ठाउँमा सडक बिग्रिएको छ।
तिमुरपाटामा सडक खुलाउन सके अन्य क्षेत्रमा मेसिन लिन सकिन्छ। मेसिन पठाउन सकियो भने दुई साताभित्र ट्र्याक्टर गुड्ने गरी सडक खुलाउने प्रयास भइरहेको इन्जिनीयर रैखोला बताउँछन्।
खलङ्गा खार गोकुलेश्वर सडक पनि एक महिनादेखि अवरुद्ध छ। गत साउन ५ गते आएको बाढी पहिराका कारण यो सडकखण्ड अवरुद्ध छ।
सडक डिभिजन कार्यालय बैतडी पाटनले अस्थायी रुपमा सडक खुलाउने काम गरेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए।
अहिले पनि पर्खाल लगाउने काम चलिरहेको छ । सोही ठाउँमा निर्माणाधीन पुल अधुरै रहँदा बाढीले सडक बगाएको हो। मुआब्जा विवादका कारण ५ वर्षदेखि सो क्षेत्रमा पुल निर्माण हुन सकेको छैन।
रासस/नरेन्द्रसिह कार्की
प्रतिक्रिया दिनुहोस्