कैलाली। अछामको रामारोशन गाउँपालिका–५ को सैनीबजारमा मंगलबार रातिको बाढीले विस्थापित भएका परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजहरूको संयुक्त अभियान सुदूरपश्चिमेली आपतकालीन राहत कोषमार्फ्त खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ।
सुदूरपश्चिमेली नेपाली समाजहरूको साझा अभियान अन्तर्गत विश्वका विभिन्न राष्ट्रमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरूको संयुक्त पहलमा, विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपालीहरूलाई आइपर्ने समस्याहरूको समाधानका लागि,नेपालमा हुने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा तथा खेलकुद लगायत विभिन्न परोपकारी कार्यको लागि स्थापना गरिएको ‘सुदूरपश्चिमेली आपतकालीन राहत कोष’मार्फत सुदूरपश्चिमेली नेपाली समाजहरूद्वारा, घरबारविहीन अवस्थामा रहेका परिवारलाई खाद्यान्न दाल, चामल तेल नुन लगायत सामाग्रीहरू हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रीय अध्यक्ष धनबहादुर बलायरले बताए।

हिजो एक आयोजित कार्यक्रम’मा पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल, गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, तारामान स्वार, प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायलगायतको उपस्थितिमा हस्तान्तरण गरिएको सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए।
सुदूरपश्चिमेली नेपाली समाजहरू, भारत, ईजरायल, अमेरिका, मलेसिया, क्यानडा, पोर्चुगल, कोरिया, बहराइन, जापान, मकाउ, साउदी अरबिया, यूएई, अस्ट्रेलिया, कुवेत, कतार, डेनमार्क, युरोपको सहयोगमा राहत हस्तान्तरण गरिएका समाजका प्रचार–प्रसार विभाग प्रमुख एवं दक्षिण एशिया संयोजक दिनेश खड्काले बताए।
" /> कैलाली। अछामको रामारोशन गाउँपालिका–५ को सैनीबजारमा मंगलबार रातिको बाढीले विस्थापित भएका परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजहरूको संयुक्त अभियान सुदूरपश्चिमेली आपतकालीन राहत कोषमार्फ्त खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ।सुदूरपश्चिमेली नेपाली समाजहरूको साझा अभियान अन्तर्गत विश्वका विभिन्न राष्ट्रमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरूको संयुक्त पहलमा, विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपालीहरूलाई आइपर्ने समस्याहरूको समाधानका लागि,नेपालमा हुने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा तथा खेलकुद लगायत विभिन्न परोपकारी कार्यको लागि स्थापना गरिएको ‘सुदूरपश्चिमेली आपतकालीन राहत कोष’मार्फत सुदूरपश्चिमेली नेपाली समाजहरूद्वारा, घरबारविहीन अवस्थामा रहेका परिवारलाई खाद्यान्न दाल, चामल तेल नुन लगायत सामाग्रीहरू हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रीय अध्यक्ष धनबहादुर बलायरले बताए।

">