काठमाडौंं सरकारले कोरोना भाइरस (कोभिड १९) को कारणले यस वर्षको निजामती सेवा दिवस सम्भव हुने कार्यक्रम मात्र गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ।
निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा हालै बसेको बैठकले कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएकोले बन्दाबन्दीको नियम पालना र स्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर दिवसमा सम्भव हुने मात्र कार्यक्रम संचालन गर्न तीनै तहलाई निर्देशन दिएको हो।
बैठकले निजामती सेवा पुरस्कार प्रदान गरिने कर्मचारीको नामावली घोषणा गर्नका लागि सवै सरकारी निकायमा कार्यरत कर्मचारीलाई समेटिने गरी १५ दिनको सूचना सूचना तथा सञ्चार मन्त्रालयको वेवसाइटमा प्रकाशन गर्ने निर्णय गरेको छ। निजामती सेवा ऐन जारी गरेको सम्झनामा २०६१ सालबाट हरेक वर्ष भदौ २२ गते दिवस मनाउने गरिन्छ।
बैठकले दिवसकै अवसरमा गोरखापत्र दैनिकमा निजामती सेवा विशेषाङ्क प्रकाशन गर्ने, आवश्यक श्रव्यदृश्य, पम्प्लेट आदि सन्देशमूलक सामाग्री तयारी गरी प्रचारप्रसार गर्न तथा रेडियो नेपाल र नेपाल टेलिभिजनमा निजामती सेवा सम्बन्धी विषयमा छलफल कार्यक्रम सञ्चालन गर्न सञ्चार मन्त्रालयलाई दिइने निर्णय गरेको छ। रासस
" /> काठमाडौंं सरकारले कोरोना भाइरस (कोभिड १९) को कारणले यस वर्षको निजामती सेवा दिवस सम्भव हुने कार्यक्रम मात्र गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ।निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा हालै बसेको बैठकले कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएकोले बन्दाबन्दीको नियम पालना र स्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर दिवसमा सम्भव हुने मात्र कार्यक्रम संचालन गर्न तीनै तहलाई निर्देशन दिएको हो।

">