अन्नपूर्ण गाउँपालिकामा ʿएक व्यक्ति, एक मास्कʾ अभियान

काठमाडाैं। कोभिड-१९ को सङ्क्रमण बढिरहेका अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिका ʿएक व्यक्ति, एक मास्कʾ अभियानसहित जनताको घरदैलोमा पुगेको छ। गाउँपालिकालाई कोरोना भाइरसको सम्भाव्य जोखिमबाट जोगाउने लक्ष्यका साथ एक व्यक्ति एक मास्क अभियानलाई अनिवार्य गराउँदै ११ वटै वडामा पुगिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए।

उनका अनुसार गाउँपालिका भित्र हालसम्म ३५ हजार मास्क वितरण गरिसकिएको छ भने थप ३५ हजार वितरण गर्ने तयारी गरिएको छ।

भाइरसको सङ्क्रमणबाट जोगिनका लागि सर्वसाधारणलाई सचेत गराउन यसको जोखिम, बच्ने उपाय लगायतका विषय समेटिएको एक हजार ५०० ब्रोसर वितरण गरिएको उनले बताए।

स्वास्थ्य सजगता र हात धुन सर्वसाधारणलाई अभिप्रेरित गर्न सात हजार ३० साबुन वितरण गरिएको छ। अभियानमा जनप्रतिनिधि, टोल विकास संस्था, आमा समूह, विद्यालयका शिक्षक लगायतलाई परिचालन गरिएको छ।

अभियान प्रभावकारी बनेको उल्लेख गर्दै अध्यक्ष कुँवरले सर्वसाधारणको भाइरसप्रतिको सजगता बढेको बताए।

रासस

प्रतिक्रिया दिनुहोस्