काठमाडौं। कोरोना महामारीको हटस्पट बनेको वीरगञ्जमा ४० शय्याको अर्को सामूदायिक आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ। वीरगञ्जस्थित होटेल बाटिका इन्टरनेशनललाई तीन महिनाका लागि भाडामा लिएर आइसोलेसन केन्द्र बनाइ सञ्चालनमा ल्याइएको हो।
यसअघि कलवार धर्मशालामा पनि ४० शय्याकै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको सानो पाइलाले सीसीएमसी र पर्सा जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँगको सहकार्यमा होटल बाटिकामा आइसोलेसन केन्द्र सुरु गरेको हो।
यो आइसोलेसन केन्द्रमा कोरोना सङ्क्रमितका लागि नियमितरूपमा चिकित्सकीय उपचार तथा परामर्श सेवा उपलब्ध गराइने सानो पाइलाका सीईओ कञ्चन झाले बताए। सीईओ झाका अनुसार आइसोलेसनमा एक मेडिकल अधिकृतसहित चार जना पारामेडिकल कर्मचारीको उपलब्धता हुनेछ। त्यस्तै नारायणी अस्पतालका विज्ञ डक्टरबाट नियमितरुपमा आइसोलेसन केन्द्रमै पुगेर परामर्श सेवा समेत उपलब्ध गराइने छ।
आइसोलेसन केन्द्रमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार संक्रमितहरुका लागि भोजनको व्यवस्था गरिएको पनि झाले जानकारी दिएका छन्।
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ। जसमध्ये करिब ३९ सय सक्रिय केस छ। पर्सामा मात्रै सक्रिय केस १४ सय भन्दा बढी छ। प्रदेश २ मा हालसम्म ५२ जना संक्रमितको मृत्यु भएकामा पर्सामा मात्र २५ जनाको मृत्यु भइसकेको छ।
कोरोना संक्रमितको संख्या बढ्दा त्यहाँका अस्पतालहरूमा रहेका आइसोलेसन भरिएका छन्। जसका कारण धेरै जना होम आइसोलेसनै बसिरहेका छन्। होम आइसोलेसन पर्याप्त सुरक्षित नहुने र संक्रमितलाई कुनै पनि बेला चिकित्सकीय सेवासहित उपचारको व्यवस्था गर्नुपर्ने आवश्यकतालाई ध्यान दिएर यो आइसोलेसन सञ्चालन गरिएको सानो पाइलाको भनाइ छ।
आइसोलेसन सञ्चालनका लागि संविधान सभाका सदस्य एवम् उद्दोगी अनिल रूङ्गटा, प्रदेशसभा सदस्य डा. अन्जु कुमारी याद, बुढानीलकण्ठ स्कूल पूर्व विद्यार्थी समाज, सहायता नेपाल, अमेरिका-नेपाल मेडिकल फाउन्डेसन, राष्ट्रिय आविस्कार केन्द्र र क्रियशन नेपालले सघाएको सानो पाइलाले विज्ञप्तिमार्फत जानकारी दिएको छ।