काठमाडौं। कुवेतमाकाम गर्दै आएका एक नेपालीको शंकास्पद मृत्यु भएको छ। मृत्यु भएकामा पाँचथरको तुम्बेवा गाउँपालिका-१ आङनाको रातमाटेका गोकुलप्रसाद तामाङ ‘राजकुमार’ रहेका छन्। ३५ वर्षीय तामाङ भदौ तीन गते आफ्नै कोठामा मृत फेला परेका थिए। उनी कुवेतको सेभेन वर्गर्स रेष्टुरेन्टमा कुक थिए।
राजकुमारका भाइ गोपालका अनुसार २०७६ साल बैशाख २५ गते उनी कुवेत गएका हुन्। डोरीले घाँटी कसेको र भुइँमा शरीर लत्रिएको अवस्थामा उनको शव फेला परेको हो। कुवेतमै रहेका तेह्रथुम घर भएका डि.बी योगीले मृतक राजकुमारको शव सोही दिन कुवेत प्रहरीले लगेको जानकारी दिए।
भाइ गोपालका अनुसार राजकुमारले आफूलाई केहीदिन यता असुरक्षा महशुस भइरहेको भन्दै ज्यानको खतरा रहेको अवगत गराएका थिए। भदौ दुई गते राजकुमारले आफूलाई त्यहाँका मानिसहरूले ५/६ दिनदेखि मार्ने प्रयास गरिरहेको म्यासेन्जरमा गरिएको भिडिओ कलमा भनेको बताए।
“कुवेतमै रहेकी पाँचथरकै तुम्बेवा गाउँपालिका–२ मेवाकी बुद्ध फागोले त्यहाँ रहेका नेपालीमार्फत कुवेतका स्थानीय गुण्डाहरूलाई प्रयोग गरी मलाई मार्न भनेकी दाईले भन्नु भएको थियो,” भाई गोपालले देखापढीसँग भने।
नचिनेका मानिसहरुले पछ्याउने गरेको, इमोमा नचिनेका मानिसबाट ज्यान लिने धम्कीका कल आउने गरेको भन्दै राजकुमारले भाइलाई फोनमा भनेका थिए।
नचिनेका मानिसहरुले पछ्याउने गरेको, इमोमा नचिनेका मानिसबाट ज्यान लिने धम्कीका कल आउने गरेको भन्दै राजकुमारले फोनमा आफूलाई भनेको पनि गोपालले बताए।
राजकुमारको मृत्युको घटनामा बुद्ध फागो पनि जोडिएकी छन्। राजकुमारका साथीभाई र परिवारका सदस्यहरूका अनुसार उनले बुद्धलाई एउटै फ्ल्याट सेयर गरेर बसौं भन्ने प्रस्ताव गरेका थिए। त्यसपछि नै उनीहरुबीच सम्बन्ध विग्रिएको बताइएको छ। गोपालले पनि राजकुमारसँग कुराकानी गर्दा बुद्धसँगको यो प्रशंगबारे कुराकानी भएको जानकारी दिए।
भाईको ज्यान खतरामा रहेको भन्ने सुनेपछि उनका मामाका छोरा मेघनाथ तामाङले बुद्धकी मामा बालध्वज लावतीलाई घरमै पुगेर राजकुमार असुरक्षित रहेकोबारे चासो राखेका थिए। र, बुद्धका मामा बालध्वजलाई भाञ्जीलाई सम्झाइदिन भनेका थिए। गोपालले भने, “त्यसबेला भाञ्जीलाई फोन गर्दा त्यस्तो केही भएको छैन भनेर बुद्धकी मामा बालध्वले भन्नुभयो थियो रे, भोलिपल्टै घटना भएछ।”
राजकुमारको हत्या भएको भन्दै कुवेतस्थित नेपाली दूतावासमार्फत घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको छ।
गोपालले दाईको हत्या भएको भन्दै कुवेतस्थित नेपाली दूतावासमार्फत घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
मृतक राजकुमारका श्रीमती, १० वर्षकी छोरी, १३ र १५ वर्षीया छोरा छन्।
राजकुमार बैशाखमा बुबा बित्दा पनि लकडाउनका कारण अन्तिम संस्कारमा सामेलन हुन फर्कन पाएका थिएनन्। राजकुमारले चाँडै नै घर फर्कन चाहेको बताउँदै आएका थिए। “कोरोना सकिएपछि घर आउँछु र त्यसपछि गाउँमै सुङ्गुर फर्म खोलेर दाजुभाई बसौंला भन्नु भएको थियो,” गोपालले भने, “तर, दाजु घर फर्कनै पाउनु भएन, भदौ दुई गतेको कुराकानी नै अन्तिम भयो !”
राजकुमार लामो समय सम्पर्कमा नआएपछि उनका परिवार र आफन्तहरूले +९६५–६७०९२०८२ मा भदौ तीन गते दिनभर जसो फोन गरिरहे। तर सम्पर्क हुन सकेन। फेसबुकमा पनि अनलाइन आउँछन् कि भनेर कुरी बसे, त्यहाँ पनि आएनन्।
भदौ चार गते भने फोन लाग्यो। तर, उठेन। फेसबुक खोलेर हेर्दा तेह्रथुम घर भएका डीबी योगीले राजकुमारकै फेसबुकमा ट्याग गरेको एउटा सन्देश देखियो। जहाँ योगीले लेखेका थिए “यो राजकुमार तामाङ भनिने गोकुल तामाङ भाइलाई चिन्ने पाँचथरतिरको घर परिवार अथवा नजिकको कोही हुनुहुन्छ भने मेरो इन्बक्समा आइदिनुनु प्लीज।”
त्यसपछि गोपालले फोन गर्दा राजकुमारसँग कोठामा बस्ने एक बंगालीले फोन उठाएर भदौको तीन गते करिब १२ बजेतिर झुण्डिएको अवस्थामा राजकुमार मृत फेला परेको जानकारी गराएका थिए।
राजकुमारको मृत्यु अगाडि बुद्ध फागोसँग के कुरा भएको थियो?
घटनामा आरोपित फागोले भने केही महिना अगाडि राजकुमारले आफूलाई सँगै बसौं भनेर प्रस्ताव गरेको बताइन्। जसलाई आफूले इन्कार गरेको उनको भनाइ छ। “उहाँले मलाई एउटा फ्ल्याट लिऔं र सँगै बसौं भन्नुभयो,” उनले देखापढीसँग भनिन्, “मैले किन र ? भन्दा उहाँले पैसा धेरै कमाउन सकिन्छ बहिनी भन्नुभयो। त्यसपछि मैले उहाँलाई इमोमा ब्लक गरेंको मात्र हो।”
तर, राजकुमारको मृत्युमा आफ्नो नाम जोडिँदा आफू दुःखी भएको उनले बताइन्। “भदौ दुई गते मामा बालध्वजले चुवाडेदेखि आमालाई फोन गरेर खबर गर्नुभएछ र आमाले फोन गरेर राजकुमार र तेरो के पर्यो भनेर सोध्नुभयो। मैले त्यस्तो केही भएको छैन भनें,” उनले भनिन्। आफू घरेलु कामदार भएको र हालसम्म कुवेत प्रहरीसम्म नदेखेको बताउँदै गुण्डाहरू प्रयोग गरेर हत्या गराउनु त परको कुरा भएको उनको भनाइ छ।
“मलाई चाहिँ नराम्रो लाग्यो, जे गर्छ कानुनले गर्छ, उहाँले किन आत्महत्या गर्नुभयो मलाई थाहा भएन। म किरा फट्याङ्ग्रा त मार्न डराउने मान्छेले उहाँलाई (राजकुमारलाई) कसरी मार्न सक्छु ?” उनले भनिन्।
राजकुमारका साथी डीबीले कुवेतस्थित नेपाली दूतावासलाई घटनाबारे जानकारी दिएको बताएका छन्। राजकुमारकै साथी सञ्जीब लावतीले पनि बुद्धले गुण्डा लगाएको भन्ने राजकुमारबाट सुनेको बताएका छन्। तर आफूले उक्त कुरालाई हावादारी भनेर त्यस्तो कुरा नगर्न भनेको सञ्जीवको भनाइ छ।
" /> काठमाडौं। कुवेतमाकाम गर्दै आएका एक नेपालीको शंकास्पद मृत्यु भएको छ। मृत्यु भएकामा पाँचथरको तुम्बेवा गाउँपालिका-१ आङनाको रातमाटेका गोकुलप्रसाद तामाङ ‘राजकुमार’ रहेका छन्। ३५ वर्षीय तामाङ भदौ तीन गते आफ्नै कोठामा मृत फेला परेका थिए। उनी कुवेतको सेभेन वर्गर्स रेष्टुरेन्टमा कुक थिए।राजकुमारका भाइ गोपालका अनुसार २०७६ साल बैशाख २५ गते उनी कुवेत गएका हुन्। डोरीले घाँटी कसेको र भुइँमा शरीर लत्रिएको अवस्थामा उनको शव फेला परेको हो। कुवेतमै रहेका तेह्रथुम घर भएका डि.बी योगीले मृतक राजकुमारको शव सोही दिन कुवेत प्रहरीले लगेको जानकारी दिए।

">