काठमाडौं। उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नै बहिनी किम यो जोङको पदोन्नति गरिदिएका छन्। उनकी बहिनी अब कोरियाको दोस्रो ठूलो नेता बनेकी छन्। नेता किम जोङ उनलाई विश्वका थुप्रै देशले तानाशाही भन्दै आएका छन्।
दक्षिण कोरियाली जासुसी एजेन्सीका अनुसार ३२ वर्षीय जोङले अब अमेरिका र दक्षिण कोरियासँग जोडिएका मामिलाबारे बोल्नेछिन्। यही कामका लागि उनको पदोन्नति गरिएको हो। उनी उत्तर कोरियाको अघोषित दोस्रो शक्तिशाली नेता बनेकी हुन्।
यसैबीच किम जोङ उन निकै बिरामी छन् भन्ने अड्कलबाजी हुन थालेको पनि लामो समय भइसकेको छ। यही कारण पनि बहिनीलाई अघि सारिएको बताइन्छ।
उता, उत्तर कोरियाले भने नेता किम उनले आफ्नो शासकीय ‘तनाव’लाई कम गर्न बहिनीलाई केही अधिकार दिएको बताएको छ। उत्तर कोरियामा उन नै शक्तिशाली नेता मानिन्छन्।
किम उनले आफ्नी बहिनीलाई शक्तिशाली यस्तो समयमा बनाए कि, उनको मृत्युको खबरमात्रै फैलिएन, उनी २१ दिन हराएर पुनः सार्वजनिक भए। उनले विस्तारै आफ्ना अधिकारी बहिनीलाई दिँदै जाने मनशाय बनाएको कतिपयको अनुमान छ।
किम अहिले पनि रहस्यमय नेता मानिन्छन्। उनले हालसम्म पनि आफ्नी पत्नी र तीन सन्तानबारे बतएका छैनन्। उनका बच्चाहरु क्रमशः १०, ७ र ३ वर्षका रहेको जासुसी संस्थाहरूको भनाइ छ।
उता, उत्तर कोरियाको आर्थिक अवस्थालाई लिएर नेता किम उन निकै चिन्तित रहेको पनि बताइन्छ। उनले आफ्नो पार्टीका सदस्यहरूमाझ अहिले देशले निकै ठूलो आर्थिक चुनौती भोगिरहेका बताएका छन्।
यही कारण देश विकास लक्ष्यमा गम्भीर रूपमा पछि परेको उनको भनाइ छ। कोरोना भाइरसका साथै अन्य कतिपय कारणले उत्तर कोरियामा खाद्य संकट उत्पन्न भएको बताइन्छ।
(एजेन्सी)
" /> काठमाडौं। उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नै बहिनी किम यो जोङको पदोन्नति गरिदिएका छन्। उनकी बहिनी अब कोरियाको दोस्रो ठूलो नेता बनेकी छन्। नेता किम जोङ उनलाई विश्वका थुप्रै देशले तानाशाही भन्दै आएका छन्।दक्षिण कोरियाली जासुसी एजेन्सीका अनुसार ३२ वर्षीय जोङले अब अमेरिका र दक्षिण कोरियासँग जोडिएका मामिलाबारे बोल्नेछिन्। यही कामका लागि उनको पदोन्नति गरिएको हो। उनी उत्तर कोरियाको अघोषित दोस्रो शक्तिशाली नेता बनेकी हुन्।

">