स्याङ्जा। स्याङ्जा जिल्ला अदालतले गत आर्थिक वर्ष २०७६/७७ मा ५५ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ।
अदालतले ६७.२७ प्रतिशत मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखेकामा विश्वभर फैलिएको कोभिड-१९ को सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्यअनुसार मुद्दा फर्छ्योट नभएको स्याङ्जा जिल्ला अदालतका स्रेस्तेदार विश्वप्रसाद रेग्मीले बताए।
“चैत ९ गतेसम्म ५५.०४ प्रतिशत मुद्दा फर्छ्योट भइसकेको थियो” स्रेस्तेदार रेग्मीले भने, “लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्योट हुने अवस्था थियो तर कोभिड-१९ को बन्दाबन्दीका कारण लक्ष्य पनि भेटाउन सकेनौँ।”
अदालतमा आर्थिक वर्ष २०७५/७६ बाट जिम्मेवारी सरेर आएका ३४० र २०७६/७७ मा ५१५ मुद्दा दर्ता भई कूल ८५५ मुद्दामध्ये स्याङ्जा जिल्ला अदालतबाट ४७५ वटा मुद्दा फर्छ्योट भएको स्रेस्तेदार रेग्मीले बताए।
" /> स्याङ्जा। स्याङ्जा जिल्ला अदालतले गत आर्थिक वर्ष २०७६/७७ मा ५५ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ।अदालतले ६७.२७ प्रतिशत मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखेकामा विश्वभर फैलिएको कोभिड-१९ को सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्यअनुसार मुद्दा फर्छ्योट नभएको स्याङ्जा जिल्ला अदालतका स्रेस्तेदार विश्वप्रसाद रेग्मीले बताए।

">