कैलाली। करिब १६ लाख रूपैयाँ बराबरको मोबाइलको समानसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले टीकापुर नगरपालिका-१ बाट भारतको लखिमपुर खिरि जिल्लाको तिकुनियाँका ३४ वर्षीय चाँद अलीलाई पक्राउ गरेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।
स्थानीय नरबहादुर कडायतको घरमा वर्षौंदेखि डेरा गरी बस्दै आएका ती व्यक्तिको साथबाट करिब १६ लाख रूपैयाँ मूल्य बराबरको मोबाइलको डिस्प्लेलगायतका सामानसहित पक्राउ गरिएको विष्टले जानकारी दिए।
भन्सार छली गरेर ल्याएको सामानसहित पक्राउ परेका चाँदलाई इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। सामान आज भन्सार कार्यालय खक्रौलाको जिम्मा लगाउने तयारी गरिएको छ।
" /> कैलाली। करिब १६ लाख रूपैयाँ बराबरको मोबाइलको समानसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले टीकापुर नगरपालिका-१ बाट भारतको लखिमपुर खिरि जिल्लाको तिकुनियाँका ३४ वर्षीय चाँद अलीलाई पक्राउ गरेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।

">