करेन्ट लागेर महिलाको मृत्यु
<p>काठमाडाैं। पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवामा करेन्ट लागेर एक जनाको आज मुत्यु भएको छ। जिल्लाको जुठापौवा खुनधाराकी २७ वर्षीया दिलकुमारी रास्कोटीको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष चेतना गाहाले बताए।</p>
<p>उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो। गएराति हावा हुरीका कारण विद्युत् सर्ट हुँदा थप एक जना घाइते भएको गाउँपालिका उपाध्यक्ष गाहाले बताए।</p>
<p>घाइते झमानसिंह पुनको मिसन अस्पतालमा उपचार भइरहेको छ। विद्युत् सर्ट हुँदा नेपाने र पटुवाचौर, खुनधाराका विद्युत् मिटरबक्समा समेत क्षति पुगेको छ।</p>
<p>रासस</p>
प्रतिक्रिया दिनुहोस्
