नौ किलोग्राम चरेशसहित महिला पक्राउ <p>काठमाडाैं। प्रहरीले लागूऔषध ९ किलोग्राम ३५० ग्राम चरेशसहित एक महिलालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका-१२ बलम्बुबाट धादिङ गजुरी गाउँपालिका-८ की २२ वर्षीया पवित्रा थिङलाई बिहिबार राति पक्राउ गरेको हो।</p> <p>वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र&nbsp;झोलामा लुकाएर राखेको अवस्थामा चरेशसहित थिङलाई पक्राउ गरिएको जानकारी दिए।</p> <p>पक्राउ थिङका श्रीमान् फुलबहादुर तामाङ भने फरार रहेका छन्। पक्राउ थिङमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको वृत्तले जनाएको छ।</p> <p>रासस</p>
प्रतिक्रिया दिनुहोस्