गोर्खा वेल्फेयरको सहयोगमा विद्यालय भवन
काठमाडाैं। गोर्खा वेल्फेयर ट्रष्ट नेपालको दुई करोड ४३ लाख रूपैयाँभन्दा बढीको सहयोगमा झापाको मेचीनगर नगरपालिका वडा नं. १२ मा सरस्वती माध्यमिक विद्यालयको १६ कोठे भवन निर्माण भएको छ।

मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले कोरोनाको कहरमै भए पनि बिहीबार एक समारोहबीच भवनको उद्घाटन गरे। उद्घाटनसँगै ट्रष्टले विद्यालयलाई भवन हस्तान्तरण गरेको छ।

भवनमा ट्रष्टको दुई करोड १७ लाख ३ हजार ३३७ र समुदायको सहभागिताबाट  २६ लाख ६७ हजार २०० गरी कूल  दुई करोड ४३ लाख ७० हजार ५३७ लगानी भएको विद्यालय सञ्चालक समितिका अध्यक्ष सूर्यप्रकाश सापकोटाले बताए।

भवनमा १६ कोठा र २ तला रहेको ट्रष्टका नेपाल प्रतिनिधि मोेहन शर्माले बताए।

रासस

प्रतिक्रिया दिनुहोस्