ढिस्कोले पुरिएर महिला बेपत्ता <p>&nbsp;बनेपा। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ३ तीनघरेमा घाँस काट्न गएका एक महिला ढिस्कोमा परी हराईरहेको प्रहरीले जनाएको छ।</p> <p>इलाका प्रहरी कार्यालय बनेपाका अनुसार अन्दाजी ५५ वर्षीया मैंया बजगाइँ बिहीबार दिउँसो घाँस काट्न जाने क्रममा माथिबाट खसेको ढिस्कोमा परेर बेपत्ता भएकी&nbsp;हुन्।</p> <p>उनको खोजी कार्यको लागि नेपाली सेना र प्रहरीको टोली खटिएको भए पनि अझै फेला पार्न सकिएको छैन। हराईरहेकी बजगाइँको खोजी कार्यका लागि स्थानीयबासीन्दा र सुरक्षाकर्मीको टोली खटिएको भएपनि अझैसम्म फेला नपरेको वडा नं. ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहालले बताए।</p> <p>कांक्रेबाट घाँस काट्न तीनघरे पुग्नु भएकी ती महिलालाई ढिस्कोले पुरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्