म्याग्दी। बेनी नगरपालिकामा ११० वटा घरमा खरको हटाएर जस्ताको छाना राखिएको छ।
बेनी नगरपालिकाको सहयोगमा घरधनीले खरको छाना हटाएर जस्तापाता राखेका हुन्। सबैभन्दा बढी वडा नम्बर ३ मा पर्ने भकिम्लीमा ६१ घरमा जस्ताको छाना राखिएको बेनी नगरपालिकाका प्राविधिक अर्जुन थापाले बताए।
सदरमुकाम बेनी बजार अवस्थित ७ र ८ नम्बर वडाबाहेक रत्नेचौर, भकिम्ली, ज्यामरुककोट, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेतमा खरको छाना विस्थापित गर्ने कार्यक्रम सञ्चालन भएको थियो।
छाना फेर्नका लागि जस्ता खरिद गर्न प्राविधिकले तयार पारेको लगतअनुसार एकजनाले ३५ हजार रूपैयाँसम्म अनुदान पाएका छन्। वडा कार्यालयले सङ्कलन गरेको आवेदनको आधारमा छनोट गरिएका घरधनीलाई छानो फेरेपछि अनुदान दिइएको थियो।
खरको छाना विस्थापित गर्ने कार्यक्रमका लागि ७० लाख विनियोजन भएकोमा ४१ लाख भुक्तानी भएको प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले बताए। गत वर्ष छुटेकालाई यस वर्षको कार्यक्रमबाट समेटिने नगरपालिकाले जनाएको छ ।
आगलागीबाट हुने दुर्घटनाको जोखिम न्यूनिकरण गर्न खरको छाना विस्थापित गर्न नगरवासीलाई सत प्रतिशत अनुदानमा जस्ता उपलब्ध गराएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए। रासस
" /> म्याग्दी। बेनी नगरपालिकामा ११० वटा घरमा खरको हटाएर जस्ताको छाना राखिएको छ।बेनी नगरपालिकाको सहयोगमा घरधनीले खरको छाना हटाएर जस्तापाता राखेका हुन्। सबैभन्दा बढी वडा नम्बर ३ मा पर्ने भकिम्लीमा ६१ घरमा जस्ताको छाना राखिएको बेनी नगरपालिकाका प्राविधिक अर्जुन थापाले बताए।

">